मङ्लबार, असार २१, २०७९

पहिरोले दुई घर पुरिए

१७ असार २०७३, शुक्रबार १३:०१

बैतडी, १७ असार । गएरातिदेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा बैतडीको गोकुलेश्वरमा दुई घर पुरिएका छन् ।

गोकुलेश्वर–१ बागाबगरमा पहिरो जाँदा दुई वटा घर पुरिएका हुन् । पहिरोले धनी भुल र राजु भुलको घर पुरिएको गोकुलेश्वर प्रहरी चौकीका इञ्चार्ज भीमबहादुर मल्लले जानकारी दिए ।

पहिरोले घर पुरिँदा घरमा रहेको अन्नपात, छ वटा बाख्रा, एक हल गोरु र एक गाई पुरिएका छन् । पहिरोले मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक मोहनप्रसाद पोखरेलले बताए ।

यस्तै पहिरोका कारण महाकाली राजमार्ग अवरुद्घ भएको छ । बैतडीको सतवाझदेखि दार्चुलाको गोकुलेश्वर सडकखण्डअन्तर्गत पर्ने गोकुलेश्वर–१ बागाबगरमा पहिरो जाँदा यातायात अवरुद्ध भएको हो । बागाबगरमा माथिबाट आएको पहिरोका कारण सडक अवरुद्ध हुँदा यातायात पूर्ण रुपमा बन्द भएको हो ।

यातायातका साधन पूर्णरुपमा बन्द हुँदा बैतडीबाट बाहिरिने र भित्रिने लामो तथा छोटो दूरीका यातायातका साधन रोकिएका छन् । सडक अवरुद्ध हुँदा काठमाडौँ, महेन्द्रनगर, धनगढी, डडेल्धुरा, दार्चुला, बैतडी सदरमुकामका लागि छुटेका तथा जिल्ला भित्रिन लागेका यात्रु अलपत्र परेका छन् । लगातारको वर्षा नरोकिएका कारण पहिरो पन्छाउने काममा ढिलाइ भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक मोहनप्रसाद पोखरेलले जानकारी दिए । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share