बुधबार, माघ ५, २०७८

पहिरोमा पुरिएर प्यूठानमा ८ को मृत्यु

२१ असार २०७३, मंगलवार ०७:३४

प्यूठान, २१ असार ।

मंगलबार राति पहिरो जाँदा रजवारा ३ निवासी दुर्गा बहादुर मल्लको घर बगाउँदा एकै घरका ५ जनाको मृत्यु भएको छ। अविरल वर्षाका कारण गएको पहिरोमा पुरिएर गएराति प्यूठानमा दुई परिवारका ८ जनाको जनाको मृत्यु भएको छ ।

पहिरोले घर पुरिँदा प्यूठानको रजवारा गाविस वडा नं. ३ नेटाका दुर्गबहादुर मल्ल, उनको श्रीमती सीता, छोरीहरु सुशिला, लेखा र सिर्जनाको घटना स्थलमै मृत्यु भएको हो ।

छिमेकीको घरमा बस्न गएका छोरा बसन्त र अर्का एक छोरी भने सकुसल रहेको रजवाराका स्थानीयले दिएका छन्  ।

त्यस्तै पूँजा गाविस वडा नं. ३ बाग्लीवाङ्गमा हुमबहादुर सुनार उनको श्रीमती र ७ वषिर्य छोरीको मृत्यु भएको प्यूठान प्रहरीले जनाएको छ । प्रमुख जिल्ला अधिकारी जनकराज पन्त, प्यूठान प्रहरी प्रमुख रञ्जित सिंह राठौर, नेपाल रेडक्रलस सोसाइटी लगायतको टोली अहिले बिहानै रजवारा घटना स्थल पुगेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share