शुक्रबार, कार्तिक ५, २०७८

पहिरोमा पुरिएर एकजनाको मृत्यु

१८ भाद्र २०७३, शनिबार २१:२६

म्याग्दी, १८ भदौ । म्याग्दीको देवीस्थानमा पहिरोले घर बगाउँदा एकजनाको ज्यान गएको छ ।

देवीस्थान–५ घारथोकमा आज बिहान गएको पहिरोमा परी बेपत्ता भएका स्थानीयवासी करिब ७० वर्षीय ओमप्रसाद भट्टचन मृत फेला परेका हुन् ।

गोठसहित पहिरोमा पुरिएका भट्टचनलाई तीन फिट तल पुरिएर मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिरोले भगबहादुर घर्ती र कलीमाया बुढाथोकीको घर बगाएको प्रहरी निरीक्षक लोकेन्द्रसिंह गुरुले बताए ।

पहिरोमा पुरिएर दुईवटा गाई र एउटा गोरु मरेका छन् । इलाका प्रशासन कार्यालय दरवाङबाट घटनास्थल पुगेको प्रहरी टोलीले क्षतिको विवरण सङ्कलन गरेको छ । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share