शनिबार, मंसिर १८, २०७८

पहिरोमा चारको मृत्यु, तीन बेपत्ता

८ जेष्ठ २०७३, शनिबार ०४:१२

कालिकोट, ७ जेठ ।7
कालीकोटका कोटावाडा गाविसको लालिघाट बजारमा गएराति गएको पहिरोले बजारमा रहेका पसल बगाउँदा चार जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् । पहिरोले बजारमा रहेका दुई दर्जन बढी पसल बगाएको छ भने करिब रु २० करोड बराबरको सामान क्षति भएको बुझिएको छ । पहिरो गएपछि जिल्ला सदरमुकामबाट प्रहरीलगायतको टोली उद्धारका लागि खटिएको छ । जिल्लाबाट प्रहरीसहित प्रहरी प्रमुख डिएसपी, प्रमुख जिल्ला अधिकारी, नेपाली सेनाको टोली पुगेको छ । पहिरोमा परी मृत्यु हुनेमा स्युना–५ का ३० वर्षीय हरि तिरुवा, स्युना–२ का सञ्जीत टमट्टाको श्रीमती धनमती टमटा, धौलागोह–९ का लक्षु भण्डारी र थिर्पु–६ का चक्र बमको चार वर्षीया छोरी सुदीस्मा बम रहेका छन् ।
त्यसैगरी बेपत्ता हुनेमा स्युना–२ का ६० वर्षीय सञ्जीत टमटा, रकु–१ का ५२ वर्षीय मनीराम जैसी र बाजुरा गात्री–१ का दुई वर्षीय बालक अभिषेक सार्की रहेका प्रहरी सहायक निरीक्षक टेकबहादुर जोराले बताउनुभयो । बेपत्ताको खोजी कार्य जारी रहेको बताइएको छ । उहाँका अनुसार लालिघाट बजारमा प्रहरी, नेपाली सेना र स्थानीयद्वारा उद्धार कार्य जारी राखेको र एक दर्जन पसलमा सम्पूर्ण सामान बगाएर लगेकाले कसको कति क्षति भयो भन्नेबारेमा वास्तबिक जानकारी आउन समय लाग्ने बताइएको छ ।
अघिल्लो साता कालिकोट र दैलेखको बीचमा पर्ने दैखोलामा पहिरो जाँदा एक जनाको मृत्यु भएको थियो भने एक दर्जन पसल बगाएर रु ५० लाख बढीको क्षति भएको घटना सेलाउन नपाउँदै अर्काे घटना घटेको हो । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share