बुधबार, माघ ५, २०७८

पहिरोको उच्च जोखिममा रहेका गाँउ सार्न माग

१८ जेष्ठ २०७३, मंगलवार ०८:०६

राजेन्द्र कार्की
जाजरकोट, १८ जेठ ।
पहिरोको उच्च जोखिममा रहेका जाजरकोटका ४ गाउँका वस्तीहरुलाई सुरक्षित ठाँउमा सार्ने व्यवस्था गर्न सरकारसँग माग गरिएको छ । विगत वर्षहरुमा पहिरोवाट धनजनको क्षति भएपनि वस्ती कायमै रहेका डाडाँगाउँ ३ चिउरी, भगवती ३ औलगुर्ता, दह ५ ढडगाउँ र रामीडाडा ६ सिल्पाचौर गरी चार वटा गाउँहरुको जोखिमको अवस्था विज्ञहरुद्वारा पहिचान गरी वस्ती स्थानान्तरणको व्यवस्था मिलाउन दैवीप्रकोप उद्धार केन्द्रीय समिति र सरकारलाई आग्रह गरिएको हो ।
जिल्ला दैवी प्रकोप उद्धार समितिको सोमवार सदरमुकाममा वसेको वैठकले पहिरोको उच्च जोखिममा परेका जिल्लाका चार गाँउलाई विज्ञहरुको टोली मार्फत अध्ययन अनुसन्धान गरी वस्ती स्थानान्तरणको लागि उचित पहल लिन सरकारसँग आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले वताए ।
वेलैमा होसियारी नअपनाए गत वर्ष सिन्धुपाल्चोकको जस्तै क्षति जाजरकोटमा पनि हुन सक्ने भएकोले सरकारसँग यस्तो आग्रह गरिएको प्रजिअ गौतमले वताए । स्थानीय जनताको चिन्ता र जोखिमपूर्ण भौगोलिक अवस्थाका कारण आफुहरुले सरकारसँग ती गाउँमा वस्ने नागरिकहरुको सुरक्षाका लागि यस्तो माग गर्नु परेको दैवीप्रकोप जिल्ला उद्धार समितिका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी गौतमले वताए ।
दुई वर्ष अघिको अवधिमा ती गाउँमा झन्डै एक दर्जन सर्वसाधारणको ज्यान गएको थियो भने दुई सय पचास वढी घरपरिवार विस्थापित भएका थिए । जोखिम रहेको भन्दै सुरक्षित ठाँउमा बस्ने ब्यवस्था मिलाईदिन सरकारसँग प्रभावित क्षेत्रका वासिन्दाले माग गदै आएका छन् ।
अहिले भगवतीको वडा नं ३ औलगुर्तामा ६९, दहको वडा नं ५ ढडचौरका ९६, डाडाँगाउँ ३ चिउरीका १ सय ३६ र रामीडाडाँको ३, ४, ५ , ६ र ७ वडाका २ सय १० घरधुरीका एक हजार एक सय ४८ सर्वसाधरणहरु पहिरोको उच्च जोखिममा परेको जिल्ला दैवीप्रकोप उद्धार समितिले जनाएको छ ।
पहिरोको जोखिममा परेका चार गाउँका ५ सय ११ घरधुरीका २ हजार ८ सय २८ जनसंख्याको वेलैमा उचित सुरक्षा नगरे पहिरोका कारण ठुलो मानवीय क्षति हुन सक्ने वैठकमा सहभागी नेपाल पत्रकार महासंघका अध्यक्ष जनक केसीले बताए ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share