शुक्रबार, कार्तिक ५, २०७८

पहिरन नयाँ कि सुहाउँदो ?

३ आश्विन २०७३, सोमबार ०८:४८

sweet-beautiful-priyanka-karki-2000x1333अभिनेत्री प्रियंका कार्की नेपालमा चलेकाभन्दा केही फरक खालको पहिरनमा देखिन रुचाउँछिन् । केही समय अमेरिका बसेकी उनी विशेष गरी हलिउड अभिनेत्री र मोडलका फेसनलाई अपनाउन खोज्छिन् ।

यसबाट उनलाई नाफाघाटा दुइटै भइरहेको छ । कहिलेकाहीँ त्यही फेसनका कारण फोटो पत्रकारका लेन्समा पर्छिन् भने कहिले त्यही फेसनले धोका दिएर ‘मालफंक्सन’को शिकार हुन्छिन् । फरक पहिरन लगाउने क्रमको निरन्तरता भर्खरै फिल्म ‘६क्का पञ्जा’को एक कार्यक्रममा पनि देखियो । उनले नीलो वानपिसमा फिका नीलो जिन्सको ठाउँठाउँमा च्यातिएको ग्रन्ज ज्याकेट भिरेकी थिइन् ।

लवाइ आम स्टाइलभन्दा फरक भए पनि धेरैले ‘नसुहाएको’ बताए । प्रियंकाले पनि त्यो महसुस गरेकै हुनुपर्छ । बाँकी त उनकै स्वतन्त्रता हो, पहिरन नयाँ लगाउने कि सुहाउने ?

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share