पर्यटन प्रवद्र्धन गर्न शुक्लाफाँटादेखि रारासम्मको टुर प्याकेज
३० जेष्ठ २०७३, आईतवार ०८:३७कञ्चनपुर, ३० जेठ । शुक्लाफाँटादेखि खप्तड हुँदै सुदूर र मध्यपश्चिमको पर्यटन प्रवद्र्धनका लागि कर्णाली अञ्चलमा अवस्थित रारा तालको भ्रमणको गर्ने एक हप्ते टुर प्याकेजको व्यवस्था गरिएको छ ।
आज अाइतबारदेखि कञ्चनपुरको महेन्द्रनगरबाट मोहित टुर एण्ड ट्राभल्स समूहले एक हप्ते बाटो अवलोकन भ्रमणको प्रारम्भ गरेको हो ।
यसपछि दोस्रो चरणमा सबै आन्तरिक तथा बाह्य पर्यटकलाई नियमित रारासम्मको भ्रमण प्याकेज सञ्चालन गर्न लागेको ट्राभल्सका सञ्चालक प्रमानन्द भण्डारीले बताए ।
यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा देखाएको सफलता मध्यपश्चिम क्षेत्रमा रहेका पर्यटकीय गन्तव्यसँग सञ्जालीकरण गरेर समग्र पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण उपलब्धि हासिल गर्न सकिने भएकाले पर्यटन प्रवद्र्धन यात्राअन्तर्गत विश्वमै सुन्दर तालका रुपमा परिचित रारा तालको प्रवद्र्धन गर्नुपर्ने ट्राभल्सका सञ्चालक भण्डारीको भनाई रहेको छ । यसअघि ट्राभल्सले खप्तडसम्मको टुर प्याकेज सञ्चालन गरी पर्यटक प्रवद्र्धन गरेको थियो । रासस