मङ्लबार, माघ ११, २०७८

‘पर्यटनको नयाँ प्रोडक्ट’ मिस टुरिज्म

४ असार २०७३, शनिबार १९:४१

काठमाडौँ, ४ असार । नेपालमा पहिलोपटक आयोजना हुन गइरहेको मिस टुरिज्मलाई पर्यटनको नयाँ प्रोडक्टका रुपमा विकास गरिनुपर्नेमा जोड दिइएको छ ।

‘मिस टुरिज्म–२०१६’ को तयारीबारे शनिबार आयोजित पत्रकार सम्मेलनमा सहभागी पर्यटन व्यवसायीले मुलुकको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धनका लागि प्रतियोगिता महत्वपूर्ण हुने भन्दै यसलाई गुणस्तरीय व्यवस्थित बनाइनुपर्ने बताए ।

नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य पूर्ण कुँवरले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धनका लागि मिस टुरिजम प्रभावकारी माध्यम हुने भन्दै यसलाई सफल पार्न बोर्डको सहयोग रहने बताए । उनले मिस टुरिज्मलाई बोर्डको सद्भावना दूत बनाउने विषयमा आवश्यक पहल गर्ने पनि आश्वासन दिए ।

‘पर्यटनको नयाँ प्रोडक्ट’ का रुपमा आएको मिस पर्यटनलाई पर्यटन प्रवद्र्धनको दरिलो माध्यमका रुपमा विकास गर्न प्रतियोगिता सान्दर्भिक हुने ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष चन्द्र रिजालले बताए ।

उनले प्रतियोगितालाई स्वास्थ्य, सुन्दर र विवादरहित बनाउन सरोकारवाला निकायको सक्रियता चाहिने खाँचो औँल्याए ।

नेपाल पर्वतारोहण सङ्घ (एनएमए)का अध्यक्ष आङ्छिरिङ शेर्पाले मिस टुरिजमलाई पर्यटन क्षेत्रमा नयाँ आयामका रुपमा विकास गरिनुपर्ने बताए ।

ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष रामशरण थपलिया, पर्यटन व्यवसायी राजन सिंखडा र राष्ट्रिय पर्यटन पत्रकार सङ्घ (नाटोज)का अध्यक्ष शिव अधिकारीले मिस पर्यटनलाई पर्यटकीय प्याकेजका रुपमा विकास गरिनुपर्नेमा जोड दिए ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share