पर्यटकसँग मोलमोलाई बढ्दो
२३ जेष्ठ २०७३, आईतवार ०६:४४पोखरा, २३ जेठ – केहि दिन अघि पदयात्राबाट फर्केका पाँचजना जर्मन पर्यटक लेकसाइडको एडम होटलमा पुगे । कोठा बुकिङ नगरी आएका ती पर्यटक होटेल खोज्दै एडमसम्म पुगेका थिए ।
एडमका सञ्चालक बासु त्रिपाठीसँगै तीनजना पर्यटक कोठा हेर्न होटलको भवनतिर लागे, २ जना तलै पर्खे ।
कोठा हेर्न माथिल्लो तला उक्लेका तीनजनालाई सञ्चालक त्रिपाठीले प्रतिरात २५ अमेरिकी डलरमा बस्न दिने गरी कोठा बुकिङ गराए ।
कोठा बुक गरेका पर्यटक साथी बोलाउन तल ओर्लदा उनीहरुलाई अर्कै होटलका गाइडले प्रतिरात ६ सय रुपैयाँमा बस्न पाइने भन्दै आफ्नोमा जान मनाईसकेका रहेछन् ।
प्रतिरात २५ डलरमा बस्ने गरी बुकिङ गरेका पर्यटकलाई ६ सय रुपैयाँमा बस्न पाइने भन्दै एडमको कोठा क्यान्सिल गराए ती गाइडले पाँचैजना पर्यटक लगे।
आजको नागरिकमा खबर छ ।