सोमवार, मंसिर २०, २०७८

परीक्षा नियन्त्रण कार्यालयमा लगाइएको ताला खोलियो

२१ जेष्ठ २०७३, शुक्रबार ११:३९

कञ्चनपुर, २१ जेठ । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा विभिन्न माग राख्दै अनेरास्ववियुले दुई साताअघि परीक्षा नियन्त्रण कार्यालयमा लगाएको ताला खोलिएको छ ।

अनेरास्ववियु र परीक्षा नियन्त्रकबीच तीनबुँदे सहमति भएपछि बिहीबार ताला खुलेको हो । अनेरास्ववियु कञ्चनपुरका सहसचिव कमल रोकायाले मागप्रति परीक्षा नियन्त्रक सकारात्मक भएपछि तालाबन्दी खोलिएको बताए । सहसचिव रोकायाका अनुसार परीक्षा नियन्त्रण कार्यालयको घरभाडा लिंदा प्रक्रिया पुगे/नपुगेको बारेमा परीक्षा बोर्डबाट छानबिन गर्न लगाई समाधान गर्ने, सेमिस्टर प्रणालीअन्तर्गत चलिरहेको परीक्षाको नतिजा अनुत्तीर्णसम्बन्धी परीक्षाका बारेमा परीक्षा बोर्डमा राख्ने र रोस्टरका लागि सूची तयार गरी परीक्षा बोर्डमा राख्ने सहमति भएको छ ।

अनेरास्ववियुका नेता र परीक्षा नियन्त्रक भाष्करदत्त जोशीबीच यस्तो सहमति भएको हो । परीक्षा नियन्त्रण कार्यालयमा जेठ ६ गतेदेखि तालाबन्दी गरिएको थियो । उपकुलपति र रजिष्ट्रार कार्यालयमा गरिएको तालाबन्दी भने यथावतै रहेको छ । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share