शुक्रबार, कार्तिक ५, २०७८

परियोजना शीघ्र कार्यान्वयन प्रमुख प्राथमिकता– प्रधानमन्त्री दाहाल

२९ भाद्र २०७३, बुधबार १७:३७

काठमाडौँ, २९ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल गणतन्त्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा छिमेकी मुलुक भारतको चार दिने राजकीय भ्रमणका लागि भोलि त्यसतर्फ जाँदै छन् । 

प्रधानमन्त्री पुष्पकमल दाहालले व्यवस्थापिका–संसदको बुधबारको बैठकमा बिहीबारदेखि हुने भारत भ्रमणको बारेमा सार्वजनिक महत्वको विषयमा वक्तव्य दिनुहुँदै । तस्बिरः रत्न श्रेष्ठ, रासस
प्रधानमन्त्री पुष्पकमल दाहालले व्यवस्थापिका–संसदको बुधबारको बैठकमा बिहीबारदेखि हुने भारत भ्रमणको बारेमा सार्वजनिक महत्वको विषयमा वक्तव्य दिँदै । तस्बिरः रत्न श्रेष्ठ, रासस

नयाँ दिल्लीमा रहँदा प्रधानमन्त्री दाहाल भारतका राष्ट्रपति प्रणव मुखर्जीका राजकीय पाहुनाका रुपमा राष्ट्रपति भवनमा बस्ने छन् । प्रधानमन्त्री दाहालले शुक्रबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग औपचारिक बैठकमा भेटघाट गर्ने छन्  ।

सोही दिन प्रधानमन्त्री दाहालले भारतीय राष्ट्रपति मुखर्जीसँग भेटघाट गर्ने छन् । राष्ट्रपति भवनमा शुक्रबार नै आयोजना हुने स्वागत समारोहमा प्रधानमन्त्री सहभागी हुने छन् ।

शुक्रबार बिहान प्रधानमन्त्री दाहाल राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा गई उनप्रति श्रद्धाञ्जलि अर्पण गर्ने  कार्यक्रम तय भएको छ ।

यसअघि दिल्लीस्थित नेपाली दूतावासमा बिहीबार आयोजना गर्ने स्वागत समारोहमा प्रधानमन्त्री दाहाल सरिक हुने छन् । दिल्लीमा रहँदा प्रधानमन्त्री दाहाललाई भारत सरकारका केही वरिष्ठ मन्त्रीले छुट्टाछुट्टै भेट्ने छन्  । नयाँ दिल्लीमा रहँदा प्रधानमन्त्री दाहालले त्यहाँका विद्वतवर्ग तथा व्यापारिक समुदायसँग अन्तक्र्रिया र नेपाली समुदायसँग भेटघाट गर्ने छन् ।

प्रधानमन्त्री दाहालको यस पटकको भारत भ्रमणबाट दुई देशबीच युगौंको पुरानो तथा सहयोगात्मक मैत्रीपूर्ण सम्बन्ध थप सुदृढ गर्न योगदान पुग्ने विश्वास गरिएको छ  ।

व्यवस्थापिका–संसद्मा भारत भ्रमणबारे आज सार्वजनिक महत्वको वक्तव्य दिँदै प्रधानमन्त्री दाहालले हाम्रो प्राथमिकता धेरै विषयको उठान गर्नुभन्दा असल नियतका साथ नेपाल र भारतबीच विश्वासको निर्माण गर्ने र नेपालको हित हुने गरी यसअघि सहमतिमा पुगेका परियोजनाको प्रभावकारी र शीघ्र कार्यान्वय गर्नमा जोड दिइने बताएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share