बुधबार, कार्तिक १०, २०७८

पत्रकारलाई पत्रकारितामै टिकाउनुपर्ने

३० भाद्र २०७३, बिहीबार १८:१७

पाल्पा, ३० भदौ । नेपाली काँग्रेसका नेता डा मीनेन्द्र रिजालले पत्रकारितामा लागेका व्यक्तिलाई पत्रकारिता क्षेत्रमा नै जोगाएर राख्नुपर्ने बताएका छन्।

नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिले  आयोजना गरेको राष्ट्रिय भेलाको आज उद्घाटन गर्दै पूर्व सूचना तथा सञ्चारमन्त्री रिजालले पत्रकारले स्वतन्त्र रुपमा कलम चलाउन न्यूनतम पारिश्रमिक पाउनुपर्ने बताए  ।

नेकपा (एमाले) का सचिव तथा पार्टी प्रचार विभाग प्रमुख योगेश भट्टराईले पत्रकारिता क्षेत्रले जनताको सांसदका रुपमा भूमिका खेलेकाले सञ्चार क्षेत्रको महत्व ठूलो भएको बताए  । उनले पत्रकारिता क्षेत्रमा नैतिक आचारसंहिता हुने तर प्रशासनिक निकायले पत्रकारलाई आचारसंहिता जारी गरी कार्यान्वयन गराउन नसकिने बताए ।

नेकपा (माओवादी केन्द्र)का पोलिटब्युरो सदस्य वसन्तकुमार शर्माले सञ्चार जगत्ले जनताका अधिकार र सरकारका काम कारबाहीलाई जनतासमक्ष पु¥याउनुपर्नेमा जोड दिए  । पूर्वमन्त्री सोमप्रसाद पाण्डेयले पत्रकारिता क्षेत्रमा देखिएका समस्या समाधान गर्न सबै एक जुट हुनुपर्ने बताए ।

महासङ्घका अध्यक्ष डा महेन्द्र विष्ट, पूर्वसभापति सुरेश आचार्य र धर्मेन्द्र झा, पूर्वमहासचिव ओम शर्मा, पत्रकार शम्भु श्रेष्ठ र न्यूनतम पारिश्रमिक निर्धारण समितिका संयोजक पोषण केसीलगायतले श्रमजीवी पत्रकारले न्यूनतम पारिश्रमिक पाउनुपर्नेमा जोड दिएका थिए  । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share