मङ्लबार, कार्तिक ९, २०७८

नेपाल महिला संघ निर्वाचन आज : बिद्युतिय मेसिनबाट मतदान

३१ भाद्र २०७३, शुक्रबार ०८:४४

काठमाडौँ, ३१ भदाै । राजधानीमा जारी नेपाल महिला संघको तेस्रो महाधिवेशन अन्तरगत नयाँ नेतृत्व चयनका लागि शुक्रवार मतदान हुँदैछ । राष्ट्रिय सभामा बिहान ९.३० बजेदेखि नै मतदान सुरु हुने निर्वाचन समितिका संयोजक यदुनाथ खनालले जानकारी दिएका छन् । gggggmmmamamaत्यसका लागि बिहानैदेखि तयारी थालिएको हो ।  मतदान विद्युतीय मेसिनमा हुने भएकाले पनि छिट्टै सकिने र रातिसम्मै मतपरिणाम आउने खनालको दावी छ । विद्युतीय मेसिनमा भोट राख्न कुनै समस्या हुन्छ कि भनेर बिहानैदेखि महाधिवेशन प्रतिनिधिहरुलाई सिकाउने काम भइरहेको संयोजक खनालले बताए ।  दिउँसो ३ बजेसम्म मतदान गर्ने समय तोकिए पनि लाइनमा बसेकाले त्यसपछि पनि मतदान गर्न पाउने उनले बताए ।

नियमित प्रक्रियाबाट चुनाव भयो भने निर्धारित समय अगाडि नै मतदान भइसक्ने उनको दावी छ । यसपटक २११२ महाधिवेशन प्रतिनिधिले चुनावमा भाग लिंदैछन् । काँग्रेस सभापति शेरबहादुर देउवा प्यानलबाट अध्यक्षमा उमा रेग्मी र वरिष्ठ नेता रामचन्द्र पौडेलका तर्फबाट मीना पाण्डे नेतृत्वको टिम चुनावी मैदानमा छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share