बुधबार, मंसिर २२, २०७८

नेपाल फिफाको बरियाताक्रममा नेपाल २ स्थान तल

२० जेष्ठ २०७३, बिहीबार १९:०४

काठमाडौं, २० जेठ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले जारी गरेको बरियतामा नेपाल २ स्थान तल झरेको छ ।
फिफाले आज जारी गरेको बरियतामा नेपाल २ स्थान तल झर्दै १ सय ८२ औ स्थानमा पुगेको हो । गत महिना नेपाल १ सय ८० औ स्थानमा रहेको थियो ।
दक्षिण एसियामा पहिलो स्थानमा रहेको अफगानिस्तान ९ स्थान तल झर्दै १ सय ५६ औ स्थानमा पुगेको छ भने दोस्रो स्थानमा रहेको भारत १ सय ६३ औ स्थानमा रहेको छ ।
यसैगरी १४ स्थान तल झरेको माल्दिभ्स १ सय ७४ स्थानमा पुगेको छ भने बंगलादेश १ सय ८१ औ स्थानमा छ ।
नेपाल भन्दा पछि रहेको भुटान १ सय ८८ औ स्थानमा रहदा श्रीलंका १ सय ८९ औ स्थानमा तथा पाकिस्तान १ सय ९२ औ स्थानमा रहेका छन् ।
विश्व वरियतामा अर्जेन्टिना शिर्ष स्थानमा यथावत रहदा बेल्जियम दोस्रो स्थानमा छ । यसतै कोलम्बिया तेस्रो र जर्मनी चौथो स्थानमा उक्लिएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share