मङ्लबार, माघ ११, २०७८

नेपाल परिवार दलको दोश्रो राष्ट्रिय महाधिवेशन असारमा

९ असार २०७३, बिहीबार ०७:४१

काठमाडौँ, ९ असार । नेपाल परिवार दलको दोश्रो राष्ट्रिय महाधिवेशन असारमा हुने भएको छ । महाधिवेशन यहि असार २१-२२ मा काठमाडौँमा हुने भएको हो ।

अध्यक्ष एकनाथ ढकालले महाधिवेशनमा देशभरीबाट करिब १२०० प्रतिनिधिहरुले भागलिने बताएका छन् । त्यसैगरी विभिन्न मित्र राष्ट्रबाट पनि शुभकामना दिन अन्तर्रास्ट्रिय प्रतिनिधिहरुलाई निमन्त्रणा गरिएको नेपाल परिवार दलले जनाएको छ  ।

असार १५ गते भित्रमा ७५ वटै जिल्लाको अधिवेशन र ७ वटै प्रदेशको भेला सम्पन्न गर्ने पनि सो दलले जनाएको छ । महाधिवेशनका लागि विभिन्न १७ समिति गठन गरिएको बताइएको छ ।

२ दिन सम्म चल्ले महाधिवेशनको खर्च करिब ३० लाख लाग्ने अनुमान गरिएको परिवार दलले जनाएको छ । उक्त खर्चको व्यवस्थापन महाधिवेशन प्रतिनिधिको दर्ता शुल्क, पार्टीको केन्द्रिय तथा प्रादेशिक पदाधिकारी तथा सदस्यहरुबाट र अन्य शुभेच्छुकहरुबाट सहयोग जुटाउने योजना रहेको महामन्त्री बिनोद डाँगीले बताएका छन् ।

२०६४ सालमा पहिलो संविधान सभाको निर्वाचन भन्दा केहि महिना अघि नेपाल परिवार दलको स्थापना भएको पार्टीको पहिलो महाधिवेशन २०६७ सालमा सम्पन्न भएको सो दलले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share