नेपाल आतंकवादीको ट्रान्जिट बन्ने खतरा
२३ जेष्ठ २०७३, आईतवार ०६:३९काठमाडौ, २३ जेठ – अमेरिकाले नेपाल र भारतबीचको खुला सीमा र त्रिभुवन अन्तर्राष्ट्रिय आतंकवादी समूहले नेपाललाई पारवाहन विन्दु वा उद्गमस्थल का रुपमा उपयोग गर्न सक्ने खतरा बढ्दै गएको जनाएको छ ।
अमेरिकी विदेश मन्त्रालय स्टेट डिपार्टमेन्ट द्धारा हालै सार्वजनिक सन् २०१५ भर विश्वका विभिन्न मुलुकमा विद्यमान आतंकवाद समस्यासम्बन्धी प्रतिवेदनमा नेपाली भूमिलाई अन्तर्राष्ट्रिय आतंकवादी समूहले दुरुपयोग गर्नसक्ने खतरा बढ्दै गएको औंलाइएको हो ।
नेपालमा आतंकवाद अथवा आपराधिक नेटवर्कहरुलाई भौतिक सहयोग गर्नेहरुलाई गैरकानुनी बनाउने निश्चित कानुनको अभाव छ ।आजको अन्नपूर्णमा खबर छ ।