शनिबार, मंसिर १८, २०७८

नेपाली बीउ किन्दै भारतीय किसान

३१ जेष्ठ २०७३, सोमबार १०:०१

नेपालगन्ज, ३१ जेठ ।
सीमावर्ती नेपाली किसान भारतीय हाई ब्रिड धानको बीउतर्फ आकर्षित भएका बेला त्यताका किसानको रोजाइमा नेपालमै उत्पादन गरिएको राधा–४ धान परेको छ । उक्त धानको बीउ खोज्दै भारतीय किसान वारि आउन थालेका छन् । तर, धेरै उत्पादन हुने प्रलोभनमा यहाँका किसान कृषिले सिफारिस नगरेका भारतीय धानको बीउ पनि किनेर ल्याउने गरेका छन् । जिल्ला कृषिले किसानका लागि ४० प्रतिशत अनुदान दिएको छ । तर, भारतीय हाई ब्रिड धानको बीउ भने बजारमा छ्याप्छ्याप्ती बिक्री भइरहेका छन् । सुख्खा र कम पानीमा राम्रो उत्पादन हुने भएका कारण भारतीय किसानको रोजाइमा परेको हो । त्यस्तै, हाई ब्रिडभन्दा निकै सस्तोमा किन्न पाइने भएकाले पनि उनीहरू बीउ किन्ने सीमावर्ती नेपाली बजार आउने गरेका हुन् । खजुरास्थित क्षेत्रीय कृषि अनुसन्धान केन्द्रले केही वर्षअघि राधा–४ धान उत्पादन गरेको हो । कृषिले सुरुमा उत्पादन गरेको मूल बीउ स्थानीय किसानलाई बिक्री गरेको थियो ।
‘कतिपय नेपाली किसानले हाई ब्रिड धान खोज्दै भारत जान्छन् । तर, त्यहाँका किसानहरू बीउ किन्न हामीतिर आउने गरेका छन्,’ बाँकेका कृषि प्रमुख कृष्णबहादुर बस्नेतले भने, ‘औपचारिक तथा कानुनी रूपमा बीउ निर्यात नगरिएकाले त्यसको अभिलेख राख्न समस्या भएको हो ।’ उनले औपचारिक रूपमा भारतीय कम्पनीले बीउ माग गरे कानुनी प्रक्रिया पूरा गरी निर्यात गर्न सक्ने बताए । यस वर्ष ४ सय ५० मेट्रिक टन धानको बीउ सहुलितमा बिक्री गर्ने उनले बताए । ‘अनुदानमा बीउ बिक्री गर्दा पनि कतिपय किसानले धारतीय धानको बीउ किन्ने गरेका छन् । सचेतना अभावमा यस्तो भएको हुन सक्छ,’ कृषि प्रमुख बस्नेतले भने ।
भारतबाट अवैध रूपमा ल्याएर किसानले बीउ प्रयोग गर्ने परम्परालाई तोड्न क्षेत्रीय कृषि अनुसन्धान केन्द्र खजुराले मध्य तथा सुदूरपश्चिमको वातावरणअनुकूल धानको बीउ उत्पादन गर्दै आएको छ । कृषि वैज्ञानिक तथा प्राबिधिकहरूले मध्य तथा सुदूरपश्चिमका किसानका लागि राधा ४, जानकी, मन्सुली, सावित्री र मकवानपुर जातका धानको मूल बीउ सिफारिस गरेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share