शनिबार, मंसिर १८, २०७८

नेपाली कामदारमाथि फेरि धरपकड

२० जेष्ठ २०७३, बिहीबार ०६:४८

काठमाडौ २० जेठ – मलेसिया सरकारले गैरकानुनी रुपमा बस्दै आएका विदेशी कामदारमाथि फेरि धरपकड थालेको छ । राजधानी क्वालालम्पुरबाट मात्रै सोमबार १६ नेपाली कामदार पक्राउ गरेका छन् । क्वालालम्पुरको व्यस्त विग मार्केटबाट १२ मेनरा मेघा भवनबाट चार नेपाली पक्राउ परेका छन् ।

अन्य सहरबाट पनि धमाधम नेपाली सहित अन्य मुलुकका विदेशी कामदार पक्राउ परिरहेका स्थानीय सञ्चार माध्ययमले उल्लेख गरेका छन् । मलेसियाको अध्यागमन कार्यालयले अवैध तरिकाले बस्दै आएका कामदार पक्रिने अभियान नै सुरु गरेको छ । पक्राउ परेका नेपानीको विषयमा विस्तृत जानकारी खुलेको छैन ।

नेपालीसहित भारतीय, बंगालादेशी, पाकिस्तानी, भियतनामी, फिलिफिनो लगायतका गैरकानुनी हैसियतमा बस्ने कामदार रहेका छन् ।अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share