शुक्रबार, असार १७, २०७९

नेपाली काँग्रेस म्याग्दीको कार्यबाहक सभापतिमा भण्डारी

२७ असार २०७३, सोमबार १४:४३

म्याग्दी, २७ असार । नेपाली काँग्रेस म्याग्दीको कार्यबाहक सभापतिमा जिल्ला कार्यसमिति सदस्य कर्णबहादुर भण्डारीलाई तोकिएको छ ।

साउन १ गतेदेखि केही समय मुलुकबाहिर जान लागेका जिल्ला पार्टी सभापति खमबहादुर गर्बुजा (खमवीर)ले आफू स्वदेश फिर्ता नहुँदासम्मका लागि भण्डारीलाई कार्यबाहक सभापतिको जिम्मेवारी दिएका हुन ।

कार्यबाहक सभापति भण्डारीलाई गर्बुजाले पार्टीको दैनिक गतिविधि तथा प्रशासनिकलगायत तोकिएको जिम्मेवारी इमान्दारिताका साथ पूरा गर्न आग्रहसमेत गरेका छन  ।

गत फागुन १० गते भएको नेपाली काँग्रेस म्याग्दीको अधिवेशनबाट जिल्ला कार्यसमिति सदस्यमा सबैभन्दा बढी मत २४९ ल्याएर भण्डारी विजयी भएका थिए ।

उनले आफूलाई पार्टी सभापतिले दिएको सभापतिले दिएको जिम्मेवारीलाई कुसलतापूर्वक निर्वाह गर्नेसमेत प्रतिबद्धता जनाए । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share