मङ्लबार, माघ ११, २०७८

नेपालमै हराउँछन् वार्षिक ४ सय पर्यटक

२ श्रावण २०७३, आईतवार ०६:५०

काठमाडौं, २ साउन । नेपाल आउने कुन पर्यटकमध्ये बर्सने औसत ४ सय पर्यटक हराउने या मृत्यु हुने गरेको तथ्यांक सार्वजनिक भएको छ ।

प्राकृतिक विपत्ति तथा पर्वतारोहणमा सबैभन्दा बढी यस प्रकारका दुर्घटना हुने गरेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार सन् २०१५ मा निधन या बेपत्ता भएका पर्यटकको संख्या ४ सय २२ जना रहेको छ ।

सन् २०१५ मा विनाशकारी भूकम्प र सरगरमाथामा भएको दुर्घटनामा परी करिब २ सयजना विदेशीले ज्यान गुमाएका थिए । त्यसबाहेक पर्वतारोहण, पदयात्रा र हवाई तथा सडक दुर्घटनाका क्रममा पनि निधान तथा बेपत्ता हुने गर्छन् ।

आफ्नो सामान बिकाउन पछि लाग्ने खुद्रा व्यपारीमात्र होइन, गोरो छाला देखेपछि पैसा नदिएसम्म खुट्टा नछाड्ने माग्नेबाट भौग्नु परेको पीडा नेपाल आएका धेरै पर्यटकले अनुभव गर्दछन् ।

यस्ता घटनालाई सामान्य मान्दा पनि नेपाल आएका कुन पर्यटकमध्ये वाषिर्क औसत ६ सयजनाले विभिन्न प्रकारको सास्ती भोग्नुपर्ने तथ्यांकले देखाएको छ । आजको नयाँ पत्रिकामा खबर छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share