बुधबार, कार्तिक १०, २०७८

नेपालबाट चीनतर्फ डलर तस्करी

४ आश्विन २०७३, मंगलवार ०७:०६

काठमाडौं, ४ असोज- नेपालबाट चीनतर्फ अमेरिकी डलरको तस्करी हुने गरेको छ । तस्करीकै कारण नेपाली बजारमा डलरको अभाव चर्किएको व्यवसायीहरू बताउँछन् ।

चिनियाँ पर्यटक र नेपाली व्यवसायीहरूले नेपाली बजारबाट नगद डलर संकलन गरी चीनतर्फ तस्करी गर्ने गरेको स्रोतले बतायो । ‘चिनियाँ पर्यटकहरू कार्ड बोकेर आउँछन्,’ ठमेलमा मनी चेन्जर व्यवसाय सञ्चालन गरिरहेका एक व्यवसायीले भने, ‘यहाँबाट महँगो दरमा नगद डलर किनेर लैजान्छन् ।’dollor_china

नेपाली व्यवसायीले पनि चीनबाट हुने अनौपचारिक आयात तथा सुन तस्करीको रकम भुक्तानीका लागि डलर तस्करी गरिरहेको उनीहरू बताउँछन् । चीनमा त्यहाँको केन्द्रीय बैंकले नगद डलरको प्रवाहमा कडाइ गरिरहेकाले त्यहाँको अनौपचारिक बजारमा डलर निकै महँगो पर्ने गरेको व्यवसायीहरूको दाबी छ ।

‘नेपालमा प्रचलित मूल्यभन्दा निकै महँगोमा डलर किनेर लाँदा पनि उनीहरूले फाइदा पाउँछन्,’ ती व्यवसायीले भने । नगद डलरको सञ्चिती बढाउने सरकारी नीतिअनुसार ‘पिपुल्स बैंक अफ चाइना (पिबिसी)’ ले नगद डलरको प्रवाहलाई निरुत्साहित गर्ने नीति लिएको उनीहरूको भनाइ छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share