बुधबार, मंसिर २२, २०७८

नेपालका रत्न तथा पत्थरको अन्तर्राष्ट्रिय माग

८ जेष्ठ २०७३, शनिबार ०३:५८

काठमाडौँ, ७ जेठ ।
नेपाली गरगहना तथा आभूषणलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्ने उद्देश्यले ‘गरगहना मेला’ आजदेखि सुरु भएको छ । काठमाडौँको याक एन्ड यति होटलमा सुरु भएको उक्त मेलामा विभिन्न किमिमका गरगहना, रत्न र पत्थरको प्रदर्शनी गरिएको छ । प्रदर्शनीमा ५९ बिक्री कक्ष छन् । गरगहना तथा पत्थरको खरिद बिक्रीसमेत गरिने छ । नेपाल हस्तकला महासङ्घ, नेपाल सुनचाँदी व्यवसायी महासङ्घ र नेपाल रत्न तथा आभूषण महासङ्घले आयोजना गरेको मेला आइतबारसम्म सञ्चालन हुनेछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मेलाको उद्घाटन गर्दै देशमा रहेका खनिज पदार्थ तथा पत्थरको अनुसन्धान गरी त्यस्ता वस्तुलाई औद्योगीकरण गर्न सरकार प्रतिबद्ध रहेको र औद्योगिक क्षेत्रको विकासका लागि निजी क्षेत्रलाई सरकारले आवश्यक सहयोग उपलब्ध गराउने बताउनुभयो । उद्योगमन्त्री सोमप्रसाद पाण्डेयले नेपालका विभिन्न क्षेत्रमा रहेका खनिजजन्य वस्तु तथा पेट्रोलियम पदार्थको उत्खननका लागि अनुसन्धान अघि बढाइएको जानकारी दिनुभयो ।
मेलाका संयोजक रमेश महर्जनले नेपालमा पाइने रत्न तथा पत्थरको अन्तर्राष्ट्रिय क्षेत्रमा माग रहेको भए पनि प्राविधिक कारणले त्यस्ता वस्तु उत्पादन गर्न नसकिएको बताउनुभयो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष मणिरत्न शाक्यले यस क्षेत्रले वार्षिक रु सात अर्ब राजस्व बुझाउँदै आएको बताउँदै यसको बजारको विस्तार तथा प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share