बुधबार, मंसिर २२, २०७८

निस पर्यटकलाई बलात्कार गर्ने पाँच भारतीयलाई जन्मकैद

२९ जेष्ठ २०७३, शनिबार ०७:५३

नयाँ दिल्ली, २८ जेठ । सन् २०१४ को जनवरी १४ मा भारतको राजधानी नयाँ दिल्लीमा डेनमार्ककी एक महिलामाथि सामूहिक बलात्कार गर्ने पाँच भारतीय नागरिकलाई आजीवन कारबासको सजाय सुनाइएको छ ।

मुद्दामाथि अन्तिम फैसला सुनाउँदै न्यायाधीश रमेश कुमारले बलात्कार आरोपमा मुद्दा चलाइएका २३ देखि ३० वर्ष उमेर समूहका ती युवामाथि सामूहिक बलात्कार, अपहरणलगायतका अभियोग साँचो रहेको ठहरका साथ उनीहरुलाई यो सजाय तोकिएको बताएका हुन् ।
डेनिस महिलाले कोनाउटस्थित एक प्रसिद्ध बजारबाट आफ्नो होटेल जाने बाटो सोध्ने क्रममा नौ जना युवकले उनलाई एकान्तमा लगी लुटेको र सामूहिक बलात्कार गरेको जनाएकी थिइन् ।
बलात्कारकाण्डमा सहभागी भएका तीन जना १८ वर्षमुनिका नाबालक भएको भन्दै उनीहरुलाई जुभेलिन जस्टिस बोर्डमा आचरण सुधारका लागि पठाइएको छ भने एक जनाको सन् २०१६ को फेब्रुअरीमा मुद्दाको सुनवाई हुने क्रममै मृत्यु भएको थियो । रासस/एपी

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share