आइतवार, असार १९, २०७९

निर्वाचन सम्भव छैनः सिंह

४ असार २०७३, शनिबार १२:१६

Prakash-Man-Singh

काठमाडौँ, ४ असार ।

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले छलफलबिना ल्याइएको निर्वाचन तालिकाले निर्वाचन सम्भव नभएको बताएका छन् ।

काँग्रेस नागार्जुन–३ वडा कार्यसमितिले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले सरकारले एकपक्षीय ढङ्गले तोकेको निर्वाचन तालिकाले निर्वाचन सम्भव नभएको बताए । उनले भने, “सरकारले व्यवस्थापिका–संसद्को प्रमुख प्रतिपक्षलाई बाहिर राखेर निर्वाचन तोकेको छ, यो हामीलाई मान्य छैन ।”

नेता सिंहले सरकार सत्ता टिकाउनका लागि निर्वाचनको नारा दिएर मुलुकमा राजनीतिक सहमतिको बाधक बनेको बताउँदै सबैको सहमतिमा मिति तोक्न सरकारलाई आग्रह गरे ।

रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share