बिहिबार, माघ १३, २०७८

निर्वाचन आयोगसँग छलफल

७ असार २०७३, मंगलवार १९:१५

काठमाडौँ, ७ असार । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादव र निर्वाचन आयुक्त इला शर्मासँग गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित र स्वायत्त क्षेत्रको सङ्ख्या तथा सीमाना निर्धारण आयोगका पदाधिकारीहरूले मंगलबार आयोगमा छलफल गरेका छन् । 

निर्वाचन आयोगमा भएको छलफलमा गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित र स्वायत्त क्षेत्रको सङ्ख्या तथा सीमाना निर्धारणबारे छलफल भएको थियो ।

छलफलका क्रममा गाउँपालिका, नगरपालिकाको सङ्ख्या तथा सीमाना निर्धारणले निर्वाचनका तयारीका क्रममा पार्ने विभिन्न प्रभावका विषयमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त यादव तथा आयुक्त शर्माले जानकारी गराएका थिए ।

छलफलमा गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित र स्वायत्त क्षेत्रको सङ्ख्या तथा सिमाना निर्धारण आयोगका तर्फबाट आयोगका अध्यक्ष बालानन्द पौडेल र सदस्यहरू निरज शाह, श्यामकृष्ण भूर्तेल, पवित्रा सुब्बा श्रेष्ठ, सुनिलरञ्जन सिंह, माधव अधिकारी तथा निर्वाचन आयोगका तर्फबाट सचिव शारदाप्रसाद त्रिताल र निर्वाचन आयोगका सबै महाशाखा प्रमुख र सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सहसचिव एवम् सीमा निर्धारण आयोगका सदस्य–सचिव डा हरिप्रसाद पौडेलले आ–आफ्नो भनाइ राखेका थिए । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share