बिहिबार, माघ ६, २०७८

निर्वाचनका लागि सङ्गठन विस्तार गर्दै नयाँ शक्ति

१४ असार २०७३, मंगलवार ०६:५४

काठमाडौँ, १४ असार । दुई साताअघि औपचारिक रुपमा पार्टी घोषणा गरेको नयाँ शक्ति नेपाल आगामी स्थानीय निर्वाचनमा सहभागी हुने भएको छ ।

नयाँ शक्तिको केन्द्रीय परिषद् सचिवालयको बैठकले आगामी मङ्सिरमा हुने भनिएको स्थानीय तहको निर्वाचनमा भाग लिने निर्णय गरेको हो ।
चार दिनदेखि जारी बैठकले निर्वाचनमा पार्टीलाई वैकल्पिक शक्तिका रुपमा उतार्न तीन महिनासम्म सङ्गठन विस्तारमा केन्द्रित हुने निर्णय गरेको पार्टी प्रवक्ता खिमलाल देवकोटाले जानकारी दिए । “निर्वाचनमा भाग लिने पहिलादेखिनै भनिँदै आएको कुरा हो । निर्वाचनलाई ध्यानमा राखी पार्टी सङ्गठन र कार्ययोजनामा केन्द्रित भएर छलफल भएको छ । साेमबार कार्यविभाजनबारे छलफल भयो, मङ्गलबार कार्ययोजनामा छलफल गरी टुङ्गो लगाउछौँ,”–उनले भने ।
नयाँ शक्तिले सङ्गठन विस्तारका लागि परिषद् सदस्यहरुलाई जिल्ला र गाउँमा खटाउने निर्णय गरेको छ । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share