निर्णय कार्यान्वयनका लागि नयाँ नेतृत्व घोषणा गर्न फ्रान्सको आग्रह
१२ असार २०७३, आईतवार ०७:३६बर्लिन (जर्मनी), १२ असार । बेलायती जनताको करिब ५२ प्रतिशत जनमत बेलायत युरोपियन युनियन (इयु)बाट बाहिरिनुपर्ने भन्ने पक्षमा आएपछि जनमतसङ्ग्रहको निर्णयलाई कार्यान्वयनमा ल्याउन नयाँ नेतृत्व चयन गर्न शनिबार फ्रान्सले बेलायतलाई आग्रह गरेको छ ।
फ्रान्सका विदेशमन्त्री जाँ मार्क आयरुल्टले नयाँ जनमतअनुसार अघि बढ्न बेलायतले छिट्टै प्रधानमन्त्री चयन गर्नुपर्ने देखिएको र जनमतसङ्ग्रहको परिणामअनुसारको निर्णयलाई छिट्टै कार्यान्वयनमा ल्याउन बेलायतलाई अनुरोध गरेका हुन् ।
बेलायतमा नयाँ समिकरणसँगै प्रधानमन्त्रीको चयन हुनु जरुरी भएको र यसका लागि केही दिन लाग्ने भए पनि तत्काल यस विषयमा आगाडि बढ्न बेलायती नेतृत्व अग्रसर हुनुपर्ने बर्लिनमा पत्रकारसँगको कुराकानीमा जनाएका हुन् । रासस/एएफपी