बिहिबार, माघ १३, २०७८

निजी अस्पतालमा मिर्गाैला प्रत्यारोपण

१ श्रावण २०७३, शनिबार ०७:३०

काठमाडौँ, १ साउन । ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल मिर्गौला प्रत्यारोषण सेवा विस्तार गरेको छ । काठमाडौँमा निजी अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्ने ग्राण्डी पहिलो अस्पताल हो ।

grandeशुक्रबार पत्रकार सम्मलेन गर्दै अस्पतालका डाइरेक्टर डा चक्रराज पाण्डे अस्पतालमा गत सोमबार ३७ वर्षीय रविन लामाको सफल मिर्गौला प्रत्यारोषण गरेको जानकारी दिए । लामालाई उनकी बहिनी उमा लामाले मिर्गाैला दान गरेकी थिइन् ।

उनले प्रत्यारोपणमा नेपालका दक्ष तथा अनुभवी चिकित्सकको टिमले प्रत्यारोपण शल्यक्रिया गरेको बताए ।

प्रत्यारोपण शल्यक्रियाको टिमको नेतृत्व प्राडा प्रेमराज ज्ञवालीले गरेका छन् भने मिर्गाैला विशेषज्ञ टिमको नेतृत्व प्रा डा दिव्या सिंह शाहले गरेकी छन् । पत्रकारसँग कुरा गर्दै वरिष्ठ मिर्गौलारोग विशेषज्ञ डा शाहले ग्राण्डीमा यो सुविधा हुनु सेवाको विस्तार भएको प्रतिक्रिया दिइन् ।

प्रत्यारोपणमा संलग्न अर्का चिकित्सक ज्ञवालीले अब मिर्गाैला प्रत्यारोपणको लागि नेपालमै दक्ष जनशक्ति उत्पादन भइसकेको र यहाँ नै सफल मिर्गौला गर्न समक्ष रहेको उल्लेख गरे ।

उनले टिचिङमा प्रत्यारोपण सुरु भएदेखि हालसम्म ३७७ जनाको मिर्गाैला प्रत्यारोपण गरिसकेको जानकारी दिए । सरकारी अस्पतालमा प्रत्यारोपणका लागि रु चारदेखि छ लाखसम्म लाग्ने र ग्राण्डीमा सबै प्याकेजसहित रु पाँचदेखि छ लाखसम्म लाग्ने बताइएको छ । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share