निजामति कर्मचारीको चुनावमा ५५ हजारले मतदान
१९ जेष्ठ २०७३, बुधबार १८:०५काठमाडौं, १९ जेठ ।
निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन चुन्नका लागि भएको मतदान सकिएको छ । राजनीतिक दल पिच्छे खुलेको ट्रेड युनियले गर्दा सरकारी कामकारबाही प्रभावित भएको भन्दै सरकारले एउटा मात्रै आधिकारीक ट्रेड युनियन गठन गर्नका लागि आज निर्वाचन गराएको हो । निर्वाचनमा ५५ हजार कर्मचारीले मतदान गरेका छन् । यो निर्वाचनमा व्यक्ति भन्दा संस्थागत उम्मेदवारी रहेको छ । जसमा ७ वटा संगठन चुनावी प्रतिस्पर्धामा छन् । उनीहरु मध्य कम्तीमा १० प्रतिशत मत ल्याउने संगठन मात्रै अब अस्तित्वमा रहेने व्यवस्था गरिएको छ । जसमा सवैभन्दा बढी मत ल्याउने संगठनबाट अध्यक्ष चयन गरिने छ भने दोस्रोबाट महासचिब र तेस्रोबाट सचिब चयन गरिने छ । देशभरी निर्वाचन भएकाले सवै ठाउँको मतगणना भएर परिणाम मात्रै काठमाडौंमा जोडिने छ र त्यसकै आधारमा मतपरिणाम सार्वजनिक गरिने छ ।