सोमवार, मंसिर २०, २०७८

निजामति कर्मचारीको चुनाव

१९ जेष्ठ २०७३, बुधबार १०:५१

काठमाडौं, १९ जेठ ।

निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनका लागि आज पहिलो पटक निर्वाचन हुने भएको छ । दलपिच्छेका ट्रेड युनियन र तिनले निम्त्याउने विसंगति नियन्त्रण गर्न भन्दै सरकारले नै आधिकारिक ट्रेड युनियनको निर्वाचन गराउन लागेको हो ।
निर्वाचनमा करिब ५५ हजार कर्मचारीले मतदान गर्दैछन् । निर्वाचनका लागि ७ वटा कर्मचारी संगठनले उमेदवारी दर्ता गराएका छन् । बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म निर्वाचन हुनेछ । नेपाली कांग्रेस निकटको नेपाल निजामती कर्मचारी युनियन (संघ), एमाले निकटको नेपाल निजामती कर्मचारी संगठन, माओवादी केन्द्र निकटको नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) र मधेशी दलहरु निकटको नेपाल मधेशी निजामती कर्मचारी मञ्च र मोहन बैद्य समूहको माओवादी निकटको राष्ट्रिय कर्मचारी संगठन प्रतिस्पर्धा छन् । सवारीचालक र कार्यालय सहयोगी निजामती कर्मचारीको राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्रले पनि उमेदवारी दिएको छ ।
देशभरिका १ सय १७ वटा निकायका १२९ मतदान केन्द्रमा हुने निर्वाचनमा कर्मचारी र सुरक्षाकर्मी गरी २८ सय जनशक्ति खटिनेछ । मतदाताले कुनै एक संगठनलाई मत दिनेछन् । प्राप्त मतका आधारमा केन्द्रिय, विभागिय र जिल्ला कार्य समिति गठन हुनेछ । निर्वाचनले १ केन्द्रिय, ४२ वटा विभागिय र ७५ वटा जिल्ला कार्यसमितिको चयन गर्नेछ ।
निर्वाचनका लागि सबै जिल्लामा एक एक, संवैधानिक निकाय र मन्त्रालयमा एक एक मतदान केन्द्र राखिने भएको छ । आधिकारिक ट्रेड युनियनको निर्वाचनका लागि सरकारले आज एक दिन निजामति सेवाका कर्मचारीलाई विदा दिएको छ । अन्य सेवाका कर्मचारीलाई भने विदा दिइएको छैन ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share