निःशुल्क प्लास्टिक सर्जरी शिविर सुरु
२६ जेष्ठ २०७३, बुधबार १०:५४भक्तपुर, २६ जेठ ।
मध्यपुर नगरपालिकाद्वारा सञ्चालित कोरिया–नेपाल मैत्री अस्पताल मध्यपुर थिमिमा निःशुल्क चारदिने प्लास्टिक सर्जरी शिविर सञ्चालन गरिएको छ । कोरियाको रोज क्लब संस्थाको सहकार्यमा मङ्गलबारदेखि आगामी शुक्रबारसम्म सञ्चालन हुने उक्त शिविरमा शरीरका विभिन्न भागमा आगोले पोलेको, खँुडे भएको, आँखा टाँस्सिएको, विभिन्न घाउलगायत विभिन्न अङ्गको निःशुल्क प्लास्टिक सर्जरी शिविर सञ्चालन गरेको कोरिया नेपाल मैत्री अस्पतालका निर्देशक डा डि के रौशनले जानकारी दिए ।
रोज क्लबका डा मुन ह्युन पाइलको नेतृत्वमा सातजना सर्जन डाक्टरसहित २५ जनाको टोलीले चार दिनको अवधिमा शिविरमा आएका सम्पूर्ण बिरामीको स्वास्थ्य जाँच तथा प्लास्टिक सर्जरी गर्ने बताए । शिविरको पहिलो दिन मङ्गलबार ६ वटा आँैला भएकाको एउटा औँला काटेको, ढाडमा मासु पलाएका, पुराना घाउको खत मिलाएको, जलेको दाग हटाउने विभिन्न भागमा आएको डल्लाको सर्जरीलगायत १५ जनाको प्लास्टिक सर्जरी गरेको सर्जरीमा सहभागी अस्पतालका डा मजेशप्रताप मल्लले जानकारी दिएका छन् । रासस