मङ्लबार, कार्तिक ९, २०७८

नारायणगढ–मुग्लिन सडक अवरुद्ध

१९ भाद्र २०७३, आईतवार ०९:५९

चितवन, १९ भदौ । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चण्डिभन्ज्याङ गाविस–६ स्थित चार किलो र पाँच किलोको बीचमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।

इलाका प्रहरी कार्यालय मुग्लिनले दिएको जानकारीअनुसार बिहान ६ः३० बजे ठूलो पहिरो खस्दा सडक छेउमा रहेको गोरे गुरुङ र कमल गुरुङको घरमा समेत सामान्य क्षति पुगेको छ । पहिरो पन्छाउने काम सुरु भइसकेकाले १० बजेसम्ममा सडक आवागमन खुल्न सक्ने प्रहरीको अनुमान छ । सडक बन्द भएपछि दुवैतर्फ सबारीसाधनको लाम लागेकोे छ । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share