सोमवार, मंसिर २०, २०७८

नागरिक निगरानी समिति गठन

२९ जेष्ठ २०७३, शनिबार १२:२७

दाङ, २९ जेठ ।
राष्ट्रिय समाचार समिति राप्ती अञ्चल कार्यालय, तुलसीपुर दाङले कार्यालयको जग्गामा निर्माण गर्न लागेको व्यापारिक प्रयोजनको भवनको निर्माणलाई गुणस्तरीय बनाउन नागरिक निगरानी तथा रेखदेख समिति गठन गरेको छ । कार्यालयका प्रमुख नारायणी रजौरेको अध्यक्षतामा आज बसेको भेलाले गठन गरेको समितिले तोकिएको समयभित्र भवन निर्माण गर्नका लागि रेखदेख गर्नेछ ।
समितिका संयोजकमा स्थानीय आदर्शनगर टोलका अध्यक्ष यमुना शाह तथा सदस्यमा तुलसीपुर उद्योग वाणिज्य सङ्घका सचिव मीनराज भण्डारी, रिपोर्टर्स क्लब दाङका अध्यक्ष शरद रेग्मी, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब निरीक्षक बुद्धिप्रसाद राना, सामुदायिक प्रहरी सेवा केन्द्रका उपाध्यक्ष वसन्त खड्गी, पत्रकार भरतराज शर्मा, महिला अधिकारकर्मी नीरा योगी, स्थानीयवासी गोमा अधिकारी लगायत रहेका छन् ।
समितिका सल्लाहकारमा नागरिक समाज दाङका संयोजक टीकाराम रेग्मी, वृद्धाश्रम तुलसीपुरका अध्यक्ष खुमानन्द अधिकारी, आदर्श टोलका अगुवा ऋषिराज कँडेल र समाजसेवी खिमनारायण श्रेष्ठ रहेका छन् । सो अवसरमा कार्यालयका प्रमुख रजौरेले भवन निर्माण नमुनामूलक, गुणस्तरीय, पारदर्शी र तोकिएको समयभित्र गर्न सबै लाग्नुपर्ने बताए ।
राप्ती राजमार्गसँगै जोडिएको कार्यालयको जग्गामा निर्माण गर्न लागिएको व्यापारिक भवन आठ कोठाको हुने छ । भवन निर्माणका लागि यसअघि नै कार्यालयले बोलपत्र आह्वान गरेकामा भैरव निर्माण सेवा तुलसीपुरले जिम्मेवारी पाएको छ । भवन निर्माणका लागि मूअकसहित रु १४ लाख ९० हजार बजेट स्वीकृत भएको छ । अहिले निर्माण सामग्री सङ्कलन र जग्गा खन्ने काम भइरहेको छ ।
रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share