शनिबार, मंसिर १८, २०७८

नाइजरमा बोको हरामको हिंसाबाट ४० हजार व्यक्ति विस्थापित

२५ जेष्ठ २०७३, मंगलवार १७:३५

संयुक्त राष्ट्रसंघ, २५ जेठ । संयुक्त राष्ट्रसंघको मानवीय सहायतासम्बन्धी कार्यालय (ओचा) ले नाइजरमा बोको हराम आतङ्ककारी समूहले जारी राखेको भीषण हिंसाको कारण करिब ४० हजार व्यक्ति विस्थापित भएका जनाएको छ ।

संयुक्त राष्ट्रसंघका प्रवक्ताले सोमबार सो जानकारी दिएका छन् ।
गत शुक्रबार नाइजरको दिफ्फाक्ष्ोत्रमा रहेका सैनिक आखडामा भएको आतङ्ककारी आक्रमणमा कैयौँ सैनिक मारिनुका साथै घाइते भएका बताइएको छ ।
बोको हराम आतङ्ककारी समूहले जारी राखेको हिंसाको कारण येबी र बोस्सोबाट करिब ४० हजार व्यक्ति विस्थापित भएका बताइएको छ ।
यो सङ्ख्या आधिकारीक नभएको र विस्थापित सङ्ख्या योभन्दा बढी भएको हुनसक्ने सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।
विस्थापित व्यक्तिहरुको लागि प्रारम्भिक आवश्कता आश्रयस्थल स्वास्थ्यउपचार पानीलगायत अन्य खानेकुराको आवश्यकता परेको ओचाले जानकारी दिएको छ ।
बोस्सोबाट सञ्चालन भएका करिब ३० हजार मानवीय संगठनले हिंसा प्रभावित क्षेत्रमा उद्धारकार्य गरिरहेको बताइएको छ ।
गत शुक्रबार सीमासहर बोस्सोनजिकै दुईवटा क्षेत्रमा बोको हराम आतङ्ककारी समूहले गरेको आक्रमणमा नाइजेरियाका दुई र नाइजरका ३० सैनिकको मृत्यु भएको थियो ।
नाइजेरियको सीमा क्षेत्रमा रहेको नाइजरको पूर्वी भागमा सन् २०१५ को फेब्रुअरीबाट बोको हराम आतङ्ककारी समूहले बारम्बार गरेको आक्रमणबाट सयौं सर्वसाधा।ण र सैनिकको मृत्यु भएको जनाइएको छ ।
यस द्वन्द्वमा परी हजारौँ व्यक्ति विस्थापित भएका छन्– विज्ञप्तिमा भनिएको छ । रासस/सिन्ह्वा

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share