आइतवार, अशोज ३१, २०७८

नवीन मिस्टर काठमाडौं

२५ भाद्र २०७३, शनिबार १९:४७

काठमाडौ २५ भदौ । भालु भैरव जिम फिट्नेसका नवीन राणाले मिस्टर काठमाडौं शारीरिक सुगठन च्याम्पियनसिपको उपाधि शनिबार जितेका छन् ।

जमलस्थित राष्ट्रिय नाचघरमा भएको प्रतियोगिताको ‘अभरअल’ प्रतिस्पर्धामा नवीनले ५५ केजीमा पहिलो भएका फिट्नेस फस्टका अमिर थापा, ६० केजीमा पहिलो भएका न्यु फ्लेक्स एन्ड फिटनेसका रमेश कार्की, ६५ केजीमा पहिलो भएका वेल्नेस अर्गनिक क्लबका श्रृजेशभक्त श्रेष्ठ, ७० केजीमा पहिलो भएका डिभाइन फिजिकल फिट्नेस सेन्टरका उज्ज्वलरत्न वज्राचार्य तथा ७५ केजीमाथि पहिलो भएका न्यु फ्लेक्सका नरेश मालाकारलाई पछि पारे ।

नवीन ७५ केजी तौलसमूहमा विजेता बन्दै फाइनल चरणमा पुगेका थिए । उपाधिसंगै नवीनले १ लाख नगद पुरस्कार हात पारे । ७५ केजीमा पहिलो भएवापत उनले छुट्टै १० हजार नगद जिते । बाँकी स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः १० हजार, ५ हजार र ३ हजार नगद पुरस्कार पाए ।

त्यस्तै प्रथम महिला फिट्नेस प्रतियोगताको उपाधि डिभाइनकी ननिता महर्जनले जितिन् । सेप्सकी सन्ध्या श्रेष्ठ दोश्रो तथा फिट्नेस स्टुडियो नेपालकी लुना प्रधान तेश्रो भए । ननिताले २० हजार, सन्ध्याले १० हजार र लुनाले ५ हजार नगद पुरस्कार पाए ।
विजेतालाई नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका अध्यक्ष राजेशबाबु श्रेष्ठ, प्रथम उपाध्यक्ष विजयलाल कायश्थलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । यसअघि प्रतियोगताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले एक कार्यक्रमबीच उद्घाटन गरेका थिए ।

सो अवसरमा आयोजक काठमाडौं जिल्ला शारीरिक सुगठन तथा फिट्नेस संघले गोविन्द चित्रकारलाई ‘लाइफ टाइम एचिभ्मेन्ट’ अवार्डबाट सम्मान गरेको थियो । दुईदिने प्रतियोगतामा ५६ पुरुषले विभिन्न ६ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए भने महिला खुलामा ६ प्रतिस्पर्धीले भाग लिएका थिए ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share