मङ्लबार, असार २१, २०७९

नवलपरासी र बाग्लुङमा भएको दुर्घटनामा दुईको मृत्यु

२८ असार २०७३, मंगलवार ०९:१२

काठमाडौ, २८ असार । नवलपरासीको बर्दघाट–४ बासखोलामा मोटरसाईकल र बागलुङमा मलामी बोकेको जिप दुर्घटना हुँदा एक/एक जनाको मृत्यु भएको छ । बागलुङ सदरमुकामबाट सिगानातर्फ जाँदै गरेको ध १ ज ६८ नम्बरको जिप बागलुङ नगरपालिका–५ सलेदिखोला नजिकै गएराति ८ बजेतिर दुर्घटनामा परेको थियो।

durghatanaदुुर्घटनामा अन्य १६ जना घाइते भएका छन्। दुर्घटनामा परि सिगाना–८ की २५ वर्षीया सुनिता नेपालीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक अनिल खड्काले जानकारी दिए। आफन्तको अन्येष्टिका लागि मलामी गएर घर फर्कने क्रममा जिप दुर्घटना भएको बताइएको छ। दुर्घटनामा परि घाइते भएका मध्ये चारजनाको स्थिति गम्भीर रहेको र उनीहरुको थप उपचारका लागि पोखरा रेफर गरिएको प्रहरीले जनाएको छ।

त्यसैगरि नपलपसारीमा भएको मोटरसाइकल दुर्घटना एकजना प्रहरी हवल्दारको मृत्यु भएको छ। दुर्घटनामा परि रुपन्देही रायपुर गाविस घर भई लागु औषध ब्युरो रुपन्देहीमा कार्यरत प्रहरी हवल्दार प्रभु कोहारको मृत्यु भएको प्रहरीले जनाएको छ। पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको कोहार सवार बा ७५ प ७९०६ नम्बरको मोटरसाइकल बर्दघाट–४ बाँसखोलामा अनियन्त्रित भएर गएराति पल्टिएको थियो।दुर्घटनामा गम्भिर घाइते भएका कोहारको उपचारका क्रममा चितवनको भरतपुरमा मंगलबार विहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share