बिहिबार, माघ १३, २०७८

नलसिंहगाडलाई कम्पनीमा लिने सरकारी निर्णयको स्थानीयद्वारा विरोध

१७ असार २०७३, शुक्रबार १६:१४

जाजरकोट, १७ असार ।
जलासययुक्त नलसिंहगाड जलविद्युत् आयोजनालाई कम्पनीमा लिने सरकारी निर्णय प्रति जाजरकोटबासीले विरोध जनाएका छन् । आगामी वर्ष देखि कम्पनी मार्फत निर्माण गर्ने सरकारले बजेट भाषण मार्फत घोषणा गरेपछि जिल्लावासीले विरोध जनाएका हुन् ।

DSC01836खलंगामा आयोजित एक छलफल कार्यक्रममा जिल्ला स्थित राजनैतिक दल, नागरिक समाज, पत्रकार, विभिन्न संघसस्थाका प्रतिनिधि र सर्वसाधारणहरुले सरकारी निर्णय सच्याउन आग्रह गरेका गरे ।

जलासययुक्त नलसिंहगाड जलविद्युत् आयोजना विकास समितिका सदस्य सचिव तथा आयोजनाका प्रमुख कार्यकारी निर्देशक मोतीवहादुर कुवँरले आयोजना निर्माणको वर्तमान अवस्था र कम्पनीमा जाँदाका वेफाइदाहरुको वारेमा जानकारी गराएपछि स्थानीय सरोकारवालाले सरकारी नीति सच्याउन आग्रह गरेका हुन् । कार्यक्रममा आफ्नो सुझाव राख्ने अधिकांशले जिल्लाको तर्फवाट सरकारलाई दवाव दिन आवश्यक रहेको बताएका थिए ।

प्रमुख कार्यकारी निर्देशक कुवँरले अहिले नै कम्पनीमा गए आयोजनाको डीपीआर निर्माण नै प्रभावित हुन सक्ने बताए । उनले अहिले नै कम्पनीको मोडेलमा गए जलमाफियाहरुले चलखेल गर्न पाउने भएकोले सरोकारवालाहरुले सचेतता अपनाउनु पर्ने बताए ।

आयोजनाको डीपीआर निर्माणका लागि गत हप्ता देखि नै विदेशी परामर्षदाता कम्पनी स्मेक अष्ट्रेलिया, एम डव्लु एच अमेरीका र नेपाली उदय कन्सल्ट नेपालको जेभीमा काम सुरु गरिएको आयोजनाले जनाएको छ । डीपीआर निर्माणका लागि १ अर्व रकम लाग्ने र पुरै आयोजना निर्माणका लागि १ खर्व रकम लाग्ने आयोजनाले अनुमान गरेको छ ।

सरकारले विकास समिति ऐन २०१३ अनुसार २०६९ असोज १५ गते नलसिंहगाड जलविद्यूत आयोजना विकास समिति गठन गरी काम अघि वढाएको थियो । अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले गत जेठ १५ गते संसदमा पेस गरेको वजेट भाषणमा ४ सय १० मेगावाटको नलसिंहगाड जलविद्युत् आयोजनालाई कम्पनी मार्फत वनाउने प्रस्ताव गरेका थिए ।

विगतमा कम्पनी मार्फत जाँदा केही ठूला आयोजनाहरु लामो समय अलपत्र परेको भन्दै उनीहरुले डीपीआर निर्माणसँगै ट्रान्समिसन लाइन, १० दशमलब ८ किलो मिटर पहुँचमार्ग, ५ सय मिटर कच्ची सडक, दुई वटा क्याम्प कार्यालय भवन, आयोजना निर्माणमा सहयोग गर्न ४ दशमलब ५ मेगावाट क्षमताको साना जलविद्युत आयोजना निर्माण र ६ हजार रोपनी निजी जग्गा अधिकरण गरी सोको मुआव्जा रकम वितरण लगायत अन्य महत्वपूर्ण पूर्वाधार निर्माण गरेर मात्र आयोजना निर्माणको काम कम्पनी मार्फत लिन आग्रह गरेका जाजरकोटवासीले आग्रह गरेका हुन् ।

कार्यक्रममा नेपाली काँग्रेसका नेता वेदराज सिंहले जाजरकोटी जनताले ४९ प्रतिसत लगानीका लागि हिस्सेदार वन्न सक्ने कुनै सम्भावना नभएकोले यसलाई कम्पनीमा लगिए आयोजना अलपत्र वन्न सक्ने सम्भावना रहेको वताए । कालो धन सेतो वनाउन चहानेले लगानी गरेर आयोजना निर्माणको काम अलपत्र पार्न सक्ने सम्भावना रहेको उनले वताए ।

त्यस्तै एमाले जाजरकोटका अध्यक्ष करवीर शाहीले राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको नलसिंहगाडलाई जलमाफियाहरुले अलपत्र पार्ने सम्भावना रहेकोले यस तर्फ सरकार चनाखो हुनु पर्ने वताए । एमाले केन्द्रिय सदस्य भैरवसुन्दर श्रेष्ठले आयोजनालाई ढिलो गर्ने र अलपत्र पार्ने गरी गरिने कुनै पनि काममा जिल्लावासीको साथ नरहने वताए ।

नयाँ शक्ति नेपालका जिल्ला संयोजक प्रशान्त शर्माले कम्पनी मार्फत भएर जलासय युक्त जलविद्यूत् आयोजना वन्न सक्ने सम्भावना नभएकोले यसका महत्वपूर्ण पूर्वाधारहरुको निर्माण पछि मात्र कम्पनीको कुरा गर्नु पर्ने वताए ।

नेपाल पत्रकार महासंघ जाजरकोटका अध्यक्ष जनक केसीले आयोजनासँग सरोकार भएका निकायहरुसँग कुनै समन्वय नगरी कम्पनी मार्फत आयोजना निर्माणको नीति आउनु रहस्यमय भएको वताए ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share