मङ्लबार, असार २१, २०७९

नयाँ शक्ति पार्टी अध्यक्षमा भट्टराईको उम्मेदवारी

१५ असार २०७३, बुधबार १३:२१

भक्तपुर, १५ असार । नयाँ शक्ति नेपालका अन्तरिम केन्द्रीय परिषद् सदस्य निर्मल भट्टराईले नयाँ शक्ति पार्टी अध्यक्षको उम्मेदवारको घोषणा गरेका छन् ।

वुधबार भक्तपुरमा उनले आयोजना गरेकाे पत्रकार सम्मेलनमा भट्टराईले एक वर्षभित्र हुने पार्टीको महाधिवेशनमा आफू अध्यक्षको उम्मेदवार हुने घोषणा गरेका हुन् ।

नयाँ शक्ति पार्टीको विधान मङ्गलबारबाट लागू भएर प्रत्यक्ष निर्वाचित पार्टी अध्यक्षको व्यवस्था भएलगत्तै भट्टराईले उम्मेदवारी घोषणा गर्दै भने– “पार्टीको अन्तरिम विधानको धारा ६ को उपधारा (ख) मा व्यवस्था भएबमोजिम नयाँ शक्ति नेपालको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दछु ।”

वुधबारै देखि आफ्नो एजेन्डा लिएर देश दौडाहामा निस्कने बताउँदै उनले एक वर्षभित्र पार्टीलाई नयाँ उचाइमा पुर्‍याउने बताए ।

पार्टीको केन्द्रीय सचिवालय बैठकले तीन सहसंयोजकसहित प्रदेश संयोजक समेत बनाएर कार्यविभाजन गर्दा पनि निर्मल भट्टराईलाई ठाउँ नदिएको भोलिपल्टै उनले उम्मेदवारी घोषणा गरेका हुन् । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share