सोमवार, असार १३, २०७९

नयाँ शक्ति नेपाल पार्टी घोषणाले पूर्णता नपाउँदै विवाद

३१ जेष्ठ २०७३, सोमबार २०:०७

खबरइरा संवाददाता

काठमाडौं, ३१ जेठ । नयाँ शक्ति नेपाल पार्टी घोषणाले पूर्णता नपाउँदै विवाद शुरु भएको छ । नयाँ शक्तिको छलफल सत्रमा प्रतिनिधि छनोटको बिषयलाई लिएर विवाद भएको हो । गत शनिबार नयाँ शक्तिमा सम्मिलित भएको जनमुक्ति पार्टीका कार्यकर्ताहरुले आफ्ना प्रतिनिधि कम समेटिएको भन्दै असन्तुष्टि जनाएपछि विवाद सिर्जना भएको हो । Dashrath Rangashala baburam
हरेक कार्यक्रम तोकिएकै समयमा गर्दै आएको नयाँ शक्तिले विवाद मिलाउने क्रममा निर्धारित समयभन्दा करिब दुई घण्टा ढीला छलफल सत्र सुरु गरेको थियो । पार्टी घोषणाको भोलिपल्टै नयाँ शक्ति नेपालको छलफल सत्र नेपाल प्रज्ञा प्रतिष्ठानको भएको हो ।
छलफल सत्रमा तीन वटा प्रतिवेदन पेश गरिएका छन् । संयोजक डा. बाबुराम भट्टराईले राजनीतिक, आर्थिक विभाग प्रमुख रामेश्वर खनालले आर्थिक र संगठन विभाग प्रमुख देवेन्द्र पौडेलले सांगठनिक प्रतिवेदन पेश गरेका छन् ।
नयाँ शक्ति नेपालको मार्ग निर्देशक सिद्धान्त ‘बाम, लोकतान्त्रिक समाजवाद’ हुने भएको छ । राजधानीमा जारी नयाँ शक्ति नेपालपार्टीको छलफल सत्रमा पेश भएको संगठनात्मक सिद्धान्त सम्बन्धि प्रतिवेदनमा मार्ग्निर्देशक सिद्धान्तबारे व्याख्या गरिएको हो । बाम शब्दले प्रगतिशील, अग्रगमनकारी जनाउने तथा लोकतन्त्रलाई सहभागीतामुलक रुपमा प्रयोग गर्ने उल्लेख छ ।
यस्तै नयाँ शक्तिले समाजवाद राज्य नियन्त्रित र सर्वहारा समाजवाद नभई समुदाय वा समाज केन्द्रित हुने जनाइएको छ । पदाधिकारी चयन सम्बन्धमा सो पार्टीले कडा ब्यवस्था गरेको छ । छलफलमा पेश गरिएको प्रस्ताबमा सबै कार्यकारी पदमा निर्वाचित हुनैपर्ने व्यबस्था गरिएको छ । निर्वाचित कुनैपनि पदाधिकारीले वाचा अनुसार काम नगरेमा वा पार्टी हित विपरित काम गरे फिर्ता बोलाउने अधिकारको समेत उल्लेख गरिएको छ ।
यस्तै राज्यको कुनै पनि पदमा प्रतिस्पर्धाका लागि उम्मेदवार छनौट गर्दा सदस्यहरुबीच आन्तरिक निर्वाचन गरिने प्रतिवेदनमा उल्लेख छ । सम्पूर्ण पदाधिकारीको सम्पत्ति विवरण तहगत रुपमा सार्वजनिक गर्ने र वार्षिक रुपमा अध्यावधि गरिने संगठनात्मक सिद्धान्तमा उल्लेख छ ।
समृद्धिको खाकामा आगामी २५ वर्ष्िभत्र समृद्ध मुलक निर्माणका लागि कार्ययोजना बनाइएको छ । त्यसमा ७ वर्षभित्र विकासशील राष्ट्र बनाउने, १५ वर्षमा मध्यम आय भएको मुलुक बनाउने र २५ वर्षमा विकसित मुलक बनाउने उल्लेख छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share