बुधबार, माघ ५, २०७८

नयाँ शक्तिले विकास र समृद्धिको नेतृत्व गर्दछ : संयोजक भट्टराई

१ असार २०७३, बुधबार १८:१६

काठमाडौं, १ असार ।
नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईले नयाँ शक्तिले जनताको आशा र विश्वासको सञ्चार गर्दै विकास र समृद्धिको नेतृत्वगर्ने बताएका छन् ।

नयाँ शक्ति निकट प्रवासी संगठन अन्तर्राष्ट्रिय नेपाली समाजका प्रतिनिधिहरुसँग बुधबार पार्टी कार्यालय बबरमहलमा अन्तरक्रिया गर्दै उनले उक्त कुरा बताएका हुन् । ‘नयाँ शक्ति तन, मन र धनले नै विकास र समृद्धिमा समर्पित हुनेछ,’ उनले भने, ‘हामी केही नमूना कामहरु गरेर जनतामा आशा र विश्वासको सञ्चार गर्ने तयारीमा जुटिरहेका छौं ।’
संयोजक भट्टराईले विस्तारै विकास गर्ने समय र छुट नभएको भन्दै अब कछुवा घस्रे जस्तो भन्दा भ्यागूता उफ्रे जस्तो छलाङ मारेर समृद्धिमा लाग्नुपर्ने बताए । ‘हामी विकास विकास भनेर नारा मात्रै दिँदैनौं, विकास र समृद्धिलाई पहिलो र उच्चप्राथमिकतामा राखेर अगाडि बढ्छौं,’ उनले naya shakti internationl department meetingभने, ‘नयाँ शक्तिले भन्ने मात्र होइन, गरेर नै देखाउँछ ।’
चीन र भारतको विकासमा डायस्पोराको भूमिका महत्वपूर्ण रहेको भन्दै उनले प्रवासी नेपालीहरुलाई स्वदेशमा आफ्नो श्रम, सीप र पूँजीको लगानी गर्न अनुरोध गरे । ‘नेपालको विकास गर्न पहिला नेपाली नै लाग्नुपर्छ,’ उनले भने, ‘नेपाली आएपछि मात्र विदेशीहरु लगानीगर्न आउँछन् ।’
संयोजक भट्टराईले अर्थतन्त्रमा एक तिहाई भाग रेमिट्यान्सबाट र अर्को एक तिहाई कृषिबाट योगदान रहेको उल्लेख गर्दै समृद्धिको यात्रामा प्रवासीहरुको अगुवा भूमिका हुनु पर्नेमा जोड दिए । सरकारले विकासको नारा दिएपनि काममा गम्भीर नभएको उनले बताए । ‘म प्रधानमन्त्री हुँदा लगानीबोर्डको अवधारणा ल्याएँ, तर अहिले यसलाई पंगु बनाइएको छ,’ उनले, ‘लगानीलाई मन्त्रालयतर्फ फर्काउन थालिएको छ, लगानीकर्तालाई झन्झटिलो बनाएर फर्काउने कामभइरहेको छ ।’
लगानीएकद्वार प्रणालीबाट भित्र्याउनुपर्ने र लगानीकर्तालाई १० ठाउँमा घुमाएर हरेक पटक फाइल पल्टाउँदा घुस लिने प्रक्रियाले लगानीकर्ता भड्काइरहेको उनले बताए । नयाँ शक्तिले सुरुमा प्रचारात्मक र नमूनाकामहरु सुरु गर्ने र सरकारमा गएपछि आफ्ना योजनाहरु लागू गरेर मुलुकलाई समृद्ध बनाउने संयोजक भट्टराईले बताए ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share