बुधबार, मंसिर २२, २०७८

नयाँ प्रविधिले पूर्णता पाएको बहुचर्चित भेरी नदी पुल

१५ जेष्ठ २०७३, शनिबार ०९:३०

news 2सुर्खेत, १५ जेठ ।
सरकारी सेवा सुविधाको पहुंच बाहिर रहेका गरिब तथा विपन्न जनतालाई सडक यातायात सुविधा प्रदान गर्न २४ वर्ष अघि छिन्चु जाजरकोट सडक निर्माण सुरु गरियो, सडक निर्माणको धेरै भाग कालोपत्रे भएपनि भेरी नदीमा पुल तयार नहुंदा असज बनेको सडक यातायातले अहिले सहजता पाएको छ । निर्माणमा एक दशक पार गरेको भेरी पुलले माइक्रोपाइलिङ्गको नयाँले पूर्णता पाएको छ ।
प्रजातन्त्र पुन:स्थापनासंगै गठन भएको पहिलो प्रजातान्त्रिक सरकारले ल्याएको पूर्वाधार विकास योजना अन्र्तगत निर्माण थालिएको छिन्चु जाजरकोट सडकले निर्माणसंगै थुप्रै चुनौतीको सामना गर्नु पर्‍यो ।
सुरुमा सरकारी बजेटको न्यूनताले द्रुत गति लिन नसेको सडकले सशस्त्र द्धन्द्धको मार पनि खेप्नु पर्‍यो । त्यति मात्र होइन, प्राविधिक चुनौती त छिन्चु जाजरकोट सडकमा इतिहास नै बन्न पुग्यो । जसका कारण सडक निर्माण पुरा भएपनि स्थानीय वासिन्दाले लामो समयलसम्म सहज रुपमा सडक यातायात पाउन सकेनन् ।
लामो समयसम्म अल्झनमा परेको छिन्चु जाजरकोट सडक खण्डको प्राविधिक समस्या थियो, राकम स्थित भेरी नदी पुल । एक दशक पार गर्द सम्म समस्या समाधान हुन नसेको छिन्चु जाजरकोट सडक अन्र्तगतको भेरी पुलको प्राविधिक चनौतीको चुरो कुरा भने लामो समयसम्म अन्यौलमा रहयो ।
छिन्चु जाजरकोट सडक खण्डमा पर्ने सुर्खेतको राकम स्थित भेरी नदी पुल सल्यान, सुर्खेत र जाजरकोट जिल्लालाई सडक सञ्जालमा जोड्ने महत्वपूर्ण माध्यम हो । जुन पुलको निर्माण कार्य आर्थिक वर्ष ०६२।०६३ देखि सुरु गरिएको थियो ।
सल्यानको देवस्थल र सुर्खेतको राकम जोड्ने १ सय ८० मिटर लामो पुलको चार वटा पिल्लर २ वर्ष भित्रमा निर्माण कार्य सक्न स्वच्छन्द, काष्ठमाण्डप, धनथान, प्रदिप रविना जेभीले सम्झौता गरे, तर दश वर्षसम्म पनि ती पिल्लर पुरा भएनन् ।
भेरी नदी पुल तोकिएको समयमा सम्पन्न हुन नसक्दा निर्माण कम्पनी प्रति मात्र होइन, डिभिजन सडक कार्यालय र सडक विभागकै बारेमा जनस्तरबाट प्रश्न उठ्न थाले । लामो समयसम्म पुल निर्माण कार्य अलपत्र हुंदा जनस्तरबाट प्रश्न उठ्नु स्वभाविक पनि थियो ।
समयमै पुल निर्माण हुन नसक्नुको कारण निर्माण कम्पनी र सडक विभागको मात्रै थिएनन् । तर पनि समयमै समस्याको पहिचान भने निकाल्न सरोकारवाला निकाय सफल हुन सकेनन् ।
भेरी नदी पुल समयमै निर्माण हुन नसक्नुको कारण थियो, पुल निर्माणको डिजाइन, जुन कुरालाई दशौं वर्षसम्म वेवास्ता गरियो र सर्वसाधारणले मात्र होइन, निर्माण व्यवसायी, सडक कार्यालय र विभागले लामो समयसम्म समस्या झेल्नु पर्‍यो ।
धेरैे समस्या झेलेको भेरी नदी पुलले पछिल्लो समयमा सडक विभागको मात्र होइन, राष्ट्रिय योजना आयोग र सरकारकै मन्त्रीको ध्यान केन्द्रीत गर्न पुग्यो । जुन समस्या समाधान बन्यो, माइक्रोपाइलिङ प्रविधि ।
चार स्पान भएको पुलको बीच भागमा निर्माण गरिने तीन वटा पिल्लर मध्ये नदीको बीच भागमा निर्माण हुने पिल्लर चट्टानका कारण निर्धारित दुरीसम्म धसिन नसकेपछि डिजानइ परिवर्तन गरी माइक्रोपाइलिङ्ग प्रविधि सुरु गरियो ।
भेरी नदीको वहाव रहेको खण्डमा निर्माण हुने उक्त पिल्लर १४ मिटर तल धसिनु पर्नेमा ११ मिटर मात्रै धसिएको हुनाले त्यसभन्दा तलको भागमा गर्न लागिएको माइक्रोपाइलिङ्ग थप ६ मिटर तल लगिएको सडक डिभिजन कार्यालयले जनाएको छ । नदीको मुख्य वहावमा रहेको पिल्लर भित्र डिरलिङ गरेर ससाना १२ वटा कंक्रिट गरी माइक्रोपाइलिङ्ग गरिएको सडकले जनाएको छ । जुन सडक विभागका लागि यो एउटा नयां सिकाई बताए हुन पुगेको छ ।
सरकारको प्राथमिकतामा परेको भेरी पुल निर्माणमा माइक्रोपाइलिङ्ग प्रविधि सुरु हुनु पूर्व स्थलगत अनुगमन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधि, सभासद राजिवविक्रम शाह, राष्टिय योजना आयोगका उपाध्यक्ष गोविन्दप्रसाद पोख्रेल, पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव तुलसी सिटौला र सडक विभागका महानिर्देशक माधव कार्की सहितको टोली राकम पुगेका थिए ।
नयाँ प्रविधिको सहयोगमा निर्माण पुरा भएको भेरी पुलको उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री विजयकुमार गच्छेदारद्वारा औचापरिक उद्घाटन भई यातायात सुचारु भएको छ भने सडक यातायातमा सहजता भएको छ ।
फिडर रोडको रुपमा रहेको तेस्रो पहाडी सडक सुर्खेत छिन्चु देखि जाजरकोटसम्मको १ सय ७ किलोमिटर लामो सडक ओटोसिल कालोपत्रे भएको उक्त सडकले सुर्खेतकासाथै जाजरकोट, सल्यान, रुकुमका वासिन्दालाई सेवा प्रदान गरेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share