शुक्रबार, असार १७, २०७९

नगरपालिकाको भवन निर्माण गर्न करोडौँको जग्गा प्रदान

२० कार्तिक २०७३, शनिबार १२:०४

लहान, २० कात्तिक । गोलबजार नगरपालिकाको कार्यालय भवन निर्माणका लागि स्थानीयबासिन्दाले करोडौँ मूल्य बराबरको जग्गा निःशुल्क प्रदान गरेका छन् ।

कार्यालय भवन निर्माण गर्न गोलबजार नपा–६ का स्थानीय धर्मसिंह तामाङले छ कठ्ठा, पदमलाल लामा र मदनकुमार लामाले तीन÷तीन कठ्ठा निःशुल्क प्रदान गरेका हुन् ।

पूर्वपश्चिम राजमार्गदेखि पाँच सय मिटर आसपासको क्षेत्रमा जग्गादान गर्न सूचना प्रकाशन गरिएपछि उहाँहरुले भवन निर्माणार्थ निःशुल्क जग्गा प्रदान गरेको गोलबजार नपाका कार्यकारी अधिकृत राजकुमार दासले बताए  ।

उक्त जग्गाको मूल्य करिब रु तीन करोड रहेको बताइएको छ । ती जग्गा नगरपालिकाको नाममा नामसारी भइसकेको र छिट्टै योजना बनाएर भवन निर्माण सुरु गरिने कार्यकारी अधिकृत दासले बताए  । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share