आइतवार, अशोज ३१, २०७८

धुवाँबाट निस्सासिएर एकको मृत्यु, दुईजना गम्भीर घाइते

३ आश्विन २०७३, सोमबार १७:२६

दाङ, ३ असोज । सल्यान–८ फालावाङ निवासी इन्द्रलाल विष्टको धुवाँबाट निस्सासिएर मृत्यु भएको छ भने सोही ठाउँ निवासी धर्मबहादुर योगी र टोपबहादुर विक बेहोस भएका छन् ।

दाङको तुलसीपुर–३ गणेशपुरस्थित कोठा भाडा लिई बस्दै आएका उनीहरुले राति लामखुट्टे धपाउन भुसेचुलो बालेको र सो धुवाँले निस्सासिएर विष्टको मृत्यु भएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष रोकाले जानकारी दिए ।

उनीहरुले आइतबार साँझ कोठामा भुसेचुलो बालेर ढोका बन्द गरी सुतेको र कोठामा कतैबाट पनि हावा पास नभएका कारण कोठाभरि विषाक्त ग्यास कार्बनडायअक्साड, मोनोअक्साइड भरिएपछि अक्सिजनको अभावमा विष्टको मृत्यु भएको हुन सक्ने आशङ्का गरिएको छ । योगी र विकको पनि अवस्था गम्भीर रहेको र उनीहरुको राप्ती अञ्चल अस्पतालमा प्रारम्भिक उपचारपछि नेपालगन्ज रिफर गरिएको प्रहरीले जनाएको छ । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share