बुधबार, मंसिर २२, २०७८

धार्मिक, क्षेत्रीय र जातीय विवादबाट मुलुकलाई बचाउनुपर्छः चन्द

८ जेष्ठ २०७३, शनिबार ०३:५६

20150211cpn-maoist-turning-into-military-force-chand-600x0काठमाडौँ, ७ जेठ ।
नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्दले सहिद तथा बेपत्ता परिवार र द्वन्द्वकालका घाइते र अपाङ्गता भएकाहरुलाई राज्यले बेवास्ता गरेको बताउनुभएको छ । बेपत्ता योद्धा स्मृति दिवसका अवसरमा पार्टीद्वारा यहाँ आज आयोजित जनसभालाई सम्बोधन गर्दै सहिद परिवारको सपना पूरा गर्नाको सट्टा सरकारले जनयुद्धका घटनालाई ब्युँताएर सहमति तोड्ने काम गरेको आरोप लगाउनुभयो । धार्मिक विवादसँगै क्षेत्रीय र जातीय विवादबाट मुलुकलाई बचाउनुपर्ने उहाँको भनाइ छ । माओवादी वा जो कोहीसँग राष्ट्रिय वा अन्य विषयमा कार्यगत एकता हुनसक्ने उहाँले बताउनुभयो ।
पार्टीका नेता खड्कबहादुर विश्वकर्माले वैदेशिक हस्तक्षेप र भ्रष्टाचारका विरुद्ध तथा जनजीवनका पक्षमा जनप्रदर्शनको आयोजना गरिएको बताउनुभयो । (रासस)

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share