आइतवार, असार १९, २०७९

धरौटी बुझाउन नसक्दा तिब्बती जेल चलान

६ असार २०७३, सोमबार ०६:५०

काँकडभिट्टा (झापा), ६ असार । दश केजी सुनसहित भद्रपुर एयरपोर्टमा पक्राउ परेका एक तिब्बती विद्यार्थी तेन्जिङ सेडुक धरौटी रकम बुझाउन नसक्दा जेल चलान भएका छन् ।

सेडुकले झापा जिल्ला आदालतले मागेको रु चार करोड ३१ लाख ७२ हजार ५२५ बुझाउन नसक्दा जेल चलान भएका हुन् । सुनसहित भद्रपुर एयरपोर्टबाट पक्राउ परेका सेडुकलाई झापा जिल्ला अदालतको थुनछेकको आदेशमा कारागार चलान गरेको हो ।

सेडुक २०७२ साल भदौ २९ गते १० केजी सुनसहित पक्राउ परेका थिए । १९ वर्षीय सेडुक भारत देहरादुनको मैसुर स्कुलमा अध्ययनरत विद्यार्थी हुन् । सेडुक नेपाली बोल्न जान्दैनन् तर उनले ताप्लेजुङको हाङ्देवा–९ बाट सोनाम गुरुङको नामबाट नेपाली नागरिकता लिएका छन् ।

आफूलाई भारत दिल्लीका राजेशले काठमाडौँ एयरपोर्टमा सुन पुर्‍याएबापत रु ५० हजार भारु दिन्छु भनेको उनले अदालतमा बयान दिएको झापा जिल्ला अदालतका स्रेष्तेदार नवराज आचार्यले जानकारी दिए ।

फेसबुकमार्फत ठगी गर्ने पक्राउ

यसैगरी, फेसबुकमा साथी बनाएर सर्वसाधारणलाई ठगी गर्ने भारतीयसहित दुई जनालाई इलाका प्रहरी कार्यालय बिर्तामोडले पक्राउ गरेको छ ।

प्रहरीले शनिअर्जुन–१ का सन्तोष भट्टराई र भारतका माल्दा पुकुरियाका सिनाहुल हकलाई पक्राउ गरेको हो । उनीहरुले विभिन्न विदेशीका नाममा फेसबुक आइडी बनाएर सर्वसाधारणलाई ठगी गर्दै आएका थिए ।

भट्टराई र हकले फेसबुक आइडीमार्फत सर्वसाधारणलाई साथी बनाउने गरेका थिए । त्यसपछि कुनै विदेशी कम्पनीका नाम भन्दै चिठ्ठा परेकाले बैंक खातामा रकम जम्मा गर्न लगाउँदै ठगी गर्दै आएका थिए । उनीहरुले लक्की ड्रमार्फत तपार्इंलाई ठूलो परिमाणमा रकम तथा विभिन्न उपहार परेको भन्दै प्रलोभन देखाउने गरेको इप्रका बिर्तामोडका प्रहरी निरीक्षक मधुकुमार थापाले बताए ।

एक महिनाअघि उनीहरुले बिर्तामोडकै एक व्यक्तिलाई चिठ्ठा परेको छ भन्दै ठगी गर्न खोजेपछि प्रहरीले उनीहरुको खोजी कार्य सुरु गरेको थियो । पक्राउ परेकामाथि ठगी मुद्दा दर्ता गरी अनुसन्धान थालिएको थापाले बताए । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share