सोमवार, मंसिर २०, २०७८

धनुषा कुष्ठरोगको उच्च जोखिममा

२८ जेष्ठ २०७३, शुक्रबार ०८:०८

जनकपुरधाम, २८ जेठ । धनुषा जिल्लाका छवटा गाविस कुष्ठरोगको उच्च जोखिममा रहेको बुझिएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय धनुषाका अनुसार कुष्ठरोगको उच्च जोखिममा परेका डेवडिहा, इटहर्वा, खजुरी, मुखियापट्टी, कुर्था तथा बननिया गाविस रहेका छन् ।
जिल्लाभरि १७७ जना कुष्ठरोग प्रभावित रहेका छन् भने डेवडिहा गाविसमा मात्र १९ जना कुष्ठरोग प्रभावित रहेको जनस्वास्थ्य कार्यालयले जनाएको छ । आजमात्रै थप पाँच जना कुष्ठरोग प्रभावित व्यक्ति फेला परेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालयले डेवडिहामा कुष्ठरोग प्रभावित ७९० जनालाई उपचारको लक्ष्य लिइएको कुष्ठरोग अधिकृत रामगुलाम कर्णले जानकारी दिए ।
धनुषा जिल्ला कुष्ठरोगको उच्च जोखिममा परेपछि यसलाई निवारण गर्न कुष्ठरोग रोकथाम कार्यक्रमको थालनी गरिएको छ । पहिलो चरणमा धनुषाका छ गाविस डेवडिहा, इटहर्वा, मुखियापट्टी, कुर्था, खजुरी र बननिया गाविसमा कुष्ठरोग रोकथाम कार्यक्रमको सुरुवात गरिएको हो । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा पुष्पा चौधरीले डेवडिहाका पाँचजना महिलालाई रिफान्पिसिन नामक औषधि खुवाएर कार्यक्रमको सुरुवात गरेका हुन् ।
कार्यक्रमको उद्घाटन गर्दै महानिर्देशक चौधरीले कुष्ठरोग जीवाणुबाट सङ्क्रमण हुने गरेकाले आफ्नो गाउँठाउँ सफा राख्नुपर्ने बताए । जीवाणु फोहर भएको स्थानमा पलाउने भएकाले सरसफाइमा जोड दिनुपर्नेमा उनले जोड दिए । तराईका जिल्ला सुगम रहे पनि स्वास्थ्य अवस्था सन्तोषजनक नरहेको उनकाे भनाइ थियो ।
गाविस सचिव शिवनारायण यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कुष्ठरोग सेवा विभागका महानिर्देशक डा वासुदेव पाण्डे, सहायक प्रजिअ देवेन्द्र लामिछाने र वरिष्ठ जनस्वास्थ्य अधिकृत सचिदानन्द देव लगायतका वक्ताले दुई वर्षभित्र धनुषा कुष्ठरोगमुक्त जिल्ला घोषणा हुने विश्वास व्यक्त गरेका थिए । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share