आइतवार, अशोज ३१, २०७८

द्वन्द्वपछिको पुनर्निर्माण सुस्त

२७ भाद्र २०७३, सोमबार ०६:५३

काठमाडौं, २७ भदौ । सशस्त्र द्वन्द्वमा भत्किएका भौतिक संरचनाको पुनर्निर्माण निकै सुस्त गतिमा भइरहेको छ । तत्कालीन विद्रोही माओवादी र सरकारबीच विस्तृत शान्ति–सम्झौता भएपछि द्वन्द्वमा भत्किएका भौतिक संरचनाको पुनर्निर्माण गर्न शान्ति तथा पुनर्निर्माण मन्त्रालयको गठन गरिएको थियो ।

तर, १० वर्षमा २८ प्रतिशत भौतिक संरचनाको मात्र पुनर्निर्माण भएको छ । शान्ति मन्त्रालयअन्तर्गत रहेको द्वन्द्वउत्तर शान्ति पुनर्निर्माण परियोजनाका इन्जिनियर सुवास श्रेष्ठका अनुसार जम्मा १३ हजार सात सय ७७ वटा संरचनामध्ये तीन हजार आठ सय ६१ संरचनाको मात्र पुनर्निर्माण भएको छ ।

‘द्वन्द्वमा भत्किएका संरचनाको पुनर्निर्माणको काम गरिरहेका छौँ, सरकारले प्राप्त बजेट विनियोजन गरेमा समयमै सक्छौँ,’ उनले भने । द्व्रन्द्वमा भत्किएका संरचनाको पुनर्निर्माणको नाममा हरेक वर्ष माग आइरहेकाले पनि समस्या भइरहेको श्रेष्ठको भनाइ छ ।

द्वन्द्वमा कुन संरचनामा कति क्षति द्वन्द्वउत्तर शान्ति पुनर्निर्माण परियोजनाका अनुसार द्वन्द्वमा सबैभन्दा धेरै ४ हजार ३ सय ९४ वटा विद्यालय प्रभावित क्षति भएका थिए ।

गाउँ विकास समितिको भवन २ हजार ७४ वटा, सदरमुकामस्थित सरकारी कार्यालय ९ सय ८७ वटा, इलाकास्तरका सरकारी कार्यालय १ हजार ८१ वटा प्रभावित तथा क्षति भएका थिए ।नयाँ पत्रिका दैनिकमा खबर छ ।

त्यसैगरी, जिल्ला विकास समिति, नगरपालिका, जिल्ला प्राविधिक कार्यालय १ सय ३१ वटा, पार्क स्मारक नमुनाबस्ती, प्रवेशद्वार, सालिक ७ सय ५८ वटा र अन्यगरी ४ हजार २ सय ५१ वटा क्षति भएका थिए ।

१० वर्षमा ३ हजार संरचनाको पुनर्निर्माण

शान्ति मन्त्रालयले १० वर्षमा तीन हजार आठ सय ६१ संरचनाको पुनर्निर्माण भएको जनाएको छ । अहिलेसम्म विद्यालय भवन एक हजार २७ वटा, गाविस भवन एक हजार ३४ वटा, सदरमुकामका सरकारी कार्यालयहरू चार सयवटा, इलाकास्तरका सरकारी कार्यालय चार सय चारवटाको पुनर्निर्माण भइसकेको छ । जिल्ला विकास समिति कार्यालय, जिल्ला प्राविधिक कार्यालय ६२ वटा, पार्कलगायतका संरचना एक सय २८ वटा र अन्य गरी सात सय ७९ वटाको पुनर्निर्माण भएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share