आइतवार, असार १९, २०७९

दोश्रो हप्तामा ‘गाजलु’, यस्तो छ पहिलो हप्ताको कलेक्सन

४ असार २०७३, शनिबार ०९:२१

Jagalu

पुर्व मिस नेपाल सृष्टि श्रेष्ठ तथा युवा स्टार अनमोल केसी स्टारर फिल्म ‘गाजलु’ दोश्रो हप्तामा प्रवेश गरेको छ । पहिलो हप्तामा दर्शकको सुखद पाएसँगै फिल्मले दोश्रो हप्ते प्रदर्शनमा पाईला अघि बढायो ।

रोहित अधिकारीको निर्माणमा हेमराज बिसी निर्देशित फिल्मले प्रदर्शनको हप्ता साढे २ करोडको आसपास विजनेस गरेको छ । वितरण कम्पनि तथा हल सञ्चालकबाट प्राप्त विवरण अनुसार फिल्मको पहिलो साताको कमाई २ करोड ४१ लाख छ ।

फिल्मले राजधानीबाट १ करोड ३३ लाख र मोफसलबाट १ करोड ८ लाखको विजनेस गरेको छ । नेपालबाटै लगानी रिकभर गर्न फिल्मले अझै ६० लाख आसपासको विजनेस गर्नुपर्नेछ ।

अन्य ठुलो फिल्म प्रतिस्पर्धामा नरहँदा यो हप्ताको पहिलो तीन दिनमा उक्त कलेक्सन कभर गर्ने निर्माता रोहित अधिकारी दाबी गर्छन् । तर ओभरसिज प्रदर्शन अधिकार विक्री बाट भने फिल्मले लगानी सुरक्षित गरिसकेको छ ।

५० बढि सिङगल स्कृनमा प्रदर्शनरत फिल्मले दोश्रो हप्तामा जाँदा मल्टिप्लेक्स अन्तर्गत राजधानीको ‘क्युएफएक्स’मा आठ शो र विग सिनेमामा ४ शो पाएको छ ।

सृष्टि र अनमोलसँगै सलोन बस्नेत, मेनका प्रधान, गौरव पहारी, गौरी मल्ल, कृष्ण मल्ल लगायत अभिनयमा रहेको फिल्म नेपालसँगै अष्ट्रेलियामा समेत रिलिज भईसकेको छ । भने विदेशका विभिन्न शहरमा प्रदरशको क्रममा छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share