बुधबार, मंसिर २२, २०७८

दोरम्बा घटनामा पूर्वराजा ज्ञानेन्द्र र कमल थापा बिरुद्ध उजुरी

२७ जेष्ठ २०७३, बिहीबार १७:२२

काठमाडौं । माओवादीको हिंसात्मक युद्धमा समयमा भएको गम्भिर मानवअधिकार उल्लघनका घटनाका बिरुद्धमा छानविन गर्न बनेको सत्य निरुपण तथा मेलमिलाप आयोगमा आज पुर्व राजा ज्ञानेन्द्र शाह र बर्तमान उपप्रधानमन्त्री कमल थापाका बिरुद्धमा उजुरी परेको छ । सत्यनिरुपण तथा मेलमिलाप आयोगको मुख्यालय बबरमहलमा पुर्वराजा ज्ञानेन्द्र शाह तथा गृहमन्त्री कमल थापासहित करिब एक दर्जनबिरुद्ध किटानी जाहेरी दिएपछि रामेछापकी संगीता लामाले दिएकी हुन् । २०६० साल साउन ३२ गते रामेछापको दोरम्बामा ज्यान गुमाएका बावुराम लामाकी छोरी संगीतासहित चौध जना पीडितहरुले सत्य निरुपण तथा मेलमिलाप आयोगमा घटनाको दोषीलाई कारवाहीको माग गर्दै किटानी जाहेरी दिएका छन् । तत्कालिन विद्रोही माओवादी र सरकारबीच दाङको हापुरेमा बार्ता चलिरेको बेलामा माओवादी जिल्ला जनसरकार प्रमुख बावुराम लामासहित २२ जना माओवादी नेता–कार्यकर्ताको सामुहिक हत्या गरेको थियो । बिहिबार दोरम्बा हत्याकण्डका पिडीतहरुले तत्कालिन राजा ज्ञानेन्द्र शाह, तत्कालिन प्रधानमन्त्री स्वर्गिय सुर्यबहादुर थापा, गृहमन्त्री कमल थापा, गृह–सचिव अनन्तराज शर्मा पाण्डे, सेनापती प्यारजंग थापा, आईजिपी श्यामभक्त थापा, रामेछापका तत्कालिन सिडीओ चुडामणी बस्याल, डिएसपी रामप्रसाद श्रेष्ठ, श्रम तथा यातायात राज्य मन्त्री कमल चौलागाईं, मेजर राममणि पोखरेल, रामेछाप जिल्ला सभापती ध्रुव लामा र उप–सभापति रमेश बस्नेतविरुद्ध किटानी जाहेरी दिएका हुन् ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share