शनिबार, असार ११, २०७९

दैवी प्रकोपबाट ७५ जनाको मृत्यु

२९ असार २०७३, बुधबार १७:१२

बाँके (खजुरा), २९ असार । चालु आर्थिक वर्ष २०७२/७३मा मध्यपश्चिमाञ्चलका १५ जिल्लामा दैवी प्रकोपबाट ७५ जनाको मृत्यु भएको छ ।

बाढी, हावाहुरी, आगलागी, चट्याङ लगायतका दैवी प्रकोपबाट ७५ जनाको मृत्यु हुनुका साथै रु ७४ करोड २० लाख ८२ हजार बराबरको भौतिक सम्पत्ति क्षति भएको हो ।

मध्यपश्चिमाञ्चल क्षेत्रीय प्रहरी कार्यालयका अनुसार दैवी प्रकोपबाट दुई हजार ७२१ घर गोठ क्षति भएका छन् ।

यस्तै २७३ पशु चौपाया मरेका छन् । मध्यपश्चिमाञ्चलका अधिकांश जिल्लामा बाढी र आगलागीका घटनाबाट धेरैको ज्यान जाने गरेको छ । अन्य क्षेत्र भन्दा मध्यपश्चिममा दैवी प्रकोपका घटनामा जनधनको क्षति कम हुने गरेको सो कार्यालयले जनाएको छ । रासस

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share